देशभर ९८० जनामा कोरोना संक्रमण , उपत्यकामा थपिए ३५४ जना

पर्यटन बजार२१ भाद्र २०७७, आईतवार मा प्रकाशित

देशभर ९८० जनामा कोरोना संक्रमण , उपत्यकामा थपिए ३५४ जना

 भदौ २१, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२/३२ जनामा संक्तमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।

आइतबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?