दोलखामा लगानी सम्मेलन हुने , जलविद्युत र पर्यटन प्राथमिकतामा

पर्यटन बजार२१ माघ २०७६, मंगलवार मा प्रकाशित

दोलखामा लगानी सम्मेलन हुने , जलविद्युत र पर्यटन प्राथमिकतामा

माघ २१,दाेलखा । राजधानीबाट नजिक र स्रोत, साधनले सम्पन्न भएर पनि बहुराष्ट्रिय कम्पनिहरुको नजर नपरेको भन्दै दोलखामा लगानी सम्मेलन आयोजना गर्न लागिएको छ । दोलखा उद्योग वाणिज्य संघको अगुवाइमा हुन लागेको सम्मेलनका लागि निजी क्षेत्र र स्थानीय तहहरु सम्भावित योजनाहरु छनोटमा लागि परेका छन् ।

निजी क्षेत्रको तर्फबाट संघले विभिन्न योजनाहरु अघि सार्ने तयारी गरेको छ । जलविद्युतको अपार क्षमता रहेको जिल्लामा भनेजति आयोजनाहरु निर्माण हुन नसेकेको भन्दै सम्मेलनमा जलविद्युत विकासको एजेण्डा प्रमुख बनाएर लैजाने संघका महाँसचिब हेमराज रिमालले बताए ।

जलविद्युत आयोजनासँगै पर्यटकहरुलाई लक्षित गरि सुविधासम्पन्न तारे होटलहरु निर्माणको प्रस्ताब पनि सम्मेलनमा प्रस्तुत गरिने छ । सम्मेलनमा कृषी उत्पादन , जडीबुटी उद्योग , पर्यटनसँग सम्बद्ध व्यवसायहरु र अन्य सम्भावित योजनहरु तयार भैरहेको दोलखा उद्योग वाणिज्य संघले जनाएको छ ।

संघले फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना गर्न लागेको वृहत दोलखा महोत्सबको अवसरमा महोत्सब उद्घाटनको पहिलो दिन गर्न लागेको सम्मेलनमा नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीका लगानीकर्ता दोलखा उतार्ने तयारी गरेको अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लगानी सम्मेलन र बृहत दोलखा महोत्सबका लागि संघले नेपाल उद्योग वाणिज्य महासंघ सहित देशका विभिन्न नगर तथा जिल्ला उद्योग वाणिज्य संघमा पुगेर परामर्श गर्ने काम भैरहेको छ । दोलखा लगानी सम्मेलन २०७६ मा सकेसम्म धेरै लगानी भित्राएर समग्र जिल्लाको विकासका लागि लगानी बोर्डले आबश्यक सहयोग गर्ने जनाएको छ ।

लगानी बोर्डका सदस्य बालकृष्ण शिबाकोटीले यस अघि पनि जिल्लाका केही मेघा प्रोजेक्ट निर्माणका लागि बोर्डले अध्धयन गरिरहेको जनाउदै संघले आयोजना गर्ने सम्मेलन जिल्लाका विकासका लागि अर्को कोशेढुंगा साबित हुने जनाएका छन् । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीलगायत प्रतिष्ठित व्यवसायीहरु सहभागी हुने जनाइएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?