‘द भ्वाइस अफ नेपाल ” अडिसनमा करिव २२ हजार प्रतिस्पर्धीहरुको सहभागीता

पर्यटन बजार१७ चैत्र २०७५, आईतवार मा प्रकाशित

‘द भ्वाइस अफ नेपाल ”  अडिसनमा करिव २२ हजार प्रतिस्पर्धीहरुको सहभागीता

 चैत १७, काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–२’को डिजिटल अडिसन सम्पन्न भएको छ। अडिसनमा करिव २२ हजार प्रतिस्पर्धीहरुले सहभागीता जनाएको  उक्त सो का नेपाल निर्देशक लक्ष्मण पौडेलले बताए।

चैत १० गतेसम्म तोकिएको समयसीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाहरुले बिभिन्न डिजिजल माध्यममार्फत् आबेदन दिएको  निर्देशक  पौडेलले जानकारी दिए । उनले भने ‘यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत पनि आवेदन खुला गरेका थियौं। सबै माध्यम खुला गरिएका कारण यो वर्ष उत्साहजनक सहभागीता देखिएको छ।’

 प्राप्त भिडियो क्लिपहरुमाथि उत्पादन तथा संगीत टिमले परीक्षण गरेर उत्कृष्ट प्रतिभाहरुको छनौट गरिने उनले बताए। छानिएकाहरुले कोच सामु ब्लाइन्ड अडिसनमा सहभागीता जनाउन पाउनेछन्। आगामी असारबाट सो प्रसारण गरिने बताइएको छ।  

Facebook Comment

छुटाउनुभयो कि?