पर्यटन बजार२२ बैशाख २०७६, आईतवार मा प्रकाशित
वैशाख २२, विराटनगर । प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । धरान उपमहानगरपालिकाको अगुवाइमा धरानलाई राजधानी घोषणा गर्न माग गर्दै धरानवासीले प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरूले सिट्ठी फुकेर प्रदर्शन गरिरहेका छन् । स्थायी राजधानी तोक्ने तयारी गरेको प्रदेश १ सरकारले केही दिनअघि मात्रै साविकको पूर्वाञ्चलको राजधानी धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको थियो ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit