धर्मकर्म संगै घुमघाम , किर्तिपुरमा अवस्थित दक्षिणकाली जाम !

पर्यटन बजार२६ चैत्र २०७५, मंगलवार मा प्रकाशित

धर्मकर्म संगै घुमघाम , किर्तिपुरमा अवस्थित दक्षिणकाली जाम !

दक्षिणकाली मन्दिर राजधानीकाठमाडौँ बाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजाप्रताप मल्लद्वारा निर्माण गरिएको हो। योफर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।

यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन्। राजाहरू पनि यहाँ बर्सेनिबैशाख मा आफ्नो देवाली मनाउन आउँथे। यो शान्त वातावरणमा रमेको छ। त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ। यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दशैं को नवरात्रीमा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ।

पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ।  

त्यस्तै किर्तिपुरमा  पुष्प लाल पार्क छ  यो किर्तिपुर नगरपालिका वाड नम ४ मा अवस्थित छ । किर्तिपुर नेपालको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण ऐतिहासिक शहरहरु मध्येको एक हो। त्यस्तै यहाँ इतिहास बोकेको  मन्जुश्री पार्क छ त्यस्तै यसको नजिकै टौदह पोखरी हेर्नलायक मध्येको एक दह को रुपमा परिचित छ

Facebook Comment

छुटाउनुभयो कि?