नयाँ बर्षमा कुलेखानीस्थित मानवनिर्मित इन्द्रसरोबारमा देखिएका झलकहरु

पर्यटन बजार२ बैशाख २०७६, सोमबार मा प्रकाशित

नयाँ बर्षमा कुलेखानीस्थित मानवनिर्मित इन्द्रसरोबारमा देखिएका झलकहरु

बैशाख २, काठमाडौँ ।  यो हो कुलेखानीस्थित मानवनिर्मित इन्द्रसरोबार ताल । काठमाडौंको कोलाहलबाट मुक्ति चाहानेका लागि सबैभन्दा उत्कृष्ट र सजिलो घुमफिर स्थल । देशकै एउटा फरक गन्तब्य स्थल । राजधानीबाट गाडीमा २ घण्टामै पुग्न सकिने भएकाले पछिल्लो समयमा यहाँसम्म पुग्नेहरु बाक्लिँदैछन् । यो अहिले महत्वपूर्ण पर्यटकीय क्षेत्र बनेको छ ।

चन्द्रागिरी पर्वतको काँखमा अवस्थिति यो तालमा पुग्दा जो कोहीलाई पनि स्वर्गको एउटा भागमा पुगेजस्तो अनुभव हुन्छ । कञ्चन, शान्त र शितल यो तालमा आफ्नो समय विचरण गर्नु आफैंमा अनुपम अनुभव हुन्छ । नयाँ बर्षमा देखिएका झलक हेरौं तस्बिरमा :

 

Facebook Comment

छुटाउनुभयो कि?