नारी दिवसको अवसरमा कैलाश विकास बैंकले महिलालाई पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिदिने

पर्यटन बजार२४ फाल्गुन २०७५, शुक्रबार मा प्रकाशित

नारी दिवसको अवसरमा  कैलाश विकास बैंकले महिलालाई पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिदिने

फागुन  २४, काठमाडौं ।  कैलाश विकास बैंकले नारी दिवसको उपलक्ष्यमा महिला लक्षित नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । उक्त बैंकमा खाता खोल्ने महिलालाई पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा बैंकले निशुल्क गरिदिने भएको हो । कैलाश विकास बैंकले नारी दिवसका उपलक्ष्यमा कैलाश सुरक्षित नारी बचत योजना ल्याएको जनाएको छ ।

शुन्य मौज्दातमा खाता खोल्न सकिने नयाँ योजनामा निःशुल्क ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । साथै बैंकले नारी दिवसको अवसरमा सार्वजनिक गरेको नयाँ खाता योजनामा निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग, लकर सुबिधामा ५० प्रतिशत छुट लगायतका सुबिधाहरु रहेका छन् ।

देशभर ९० बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बैकको ३५ एटिएम छन् । बैंकमा खाता खोल्दा निःशुल्क दुर्घटना बीमा सुविधा महिलाको लागि अत्यन्तै प्रभावकारी हुने बैंकले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?