पर्यटन बजार१३ जेष्ठ २०७६, सोमबार मा प्रकाशित
जेठ १३, काठमाडौं । बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक एवं नायक निक जोनससँग सम्बन्धमा रहेको एक वर्ष पुगेको छ । शनिबार यो जोडीले आफ्नो विशेष दिनलाई आफ्नै शैलीले मनाए । यद्यपी, दुईजना सँगै थिएनन् ।
निकले हालै आयोजित कान्स फिल्म फेस्टिबलमा खिचेको एक रोमान्टिक तस्बिर सेयर गर्दै लेखे, ‘एक वर्ष अघि आजकै दिन म साथीहरुसँग हलिउड बाउलमा ब्यूटी एन्ड द बिस्ट हेर्न गएको थिएँ । ती साथीमध्ये एक महिला थिइन् जो मेरी सबैभन्दा मिल्ने साथी, विश्वासपात्र र मेरी सुन्दर श्रीमती बनिन् । म अहिलेसम्मको हाम्रो यात्राका लागि निकै आभारी छु । तिमी मेरो मुस्कानको कारण हौ र मलाई उत्कृष्ट बन्न प्रेरित गर्छौ । तिम्रो श्रीमान् हुनु मेरो लागि सम्मानको कुरा हो । आइ लभ यु प्रियंका चोपडा ।’
प्रियंकाको जवाफः मेरी जीवनमा तिमी सबैभन्दा अद्भुत
निकको पोष्ट पढेपछि प्रियंकाले पनि उत्तर दिएकी छिन् । उनले लेखिन्, ‘मेरो जीवनमा अहिलेसम्म जे भयो, तीमध्ये सबैभन्दा अद्भुत तिम्रो आगमन हो । आई लभ यु बेब ।’
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit