निर्वाचन आयोगबाट दलको मान्यता पाएपछी राप्रपा (संयुक्त) ले भन्यो– अब राजतन्त्र फर्काउँछौँ

पर्यटन बजार२७ चैत्र २०७५, बुधबार मा प्रकाशित

निर्वाचन आयोगबाट दलको मान्यता पाएपछी राप्रपा (संयुक्त) ले भन्यो– अब राजतन्त्र फर्काउँछौँ

चैत २७, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) लाई राजनीतिक दलको रुपमा मान्यता दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले बुधबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेनलमा अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले भने ‘अब राप्रपा (संयुक्त) विधिवत र औपचारिक रुपमा मान्यता प्राप्त राजनीतिक दलको रुपमा राष्ट्रिय राजनीतिमा क्रियाशिल रहेको छ’  ।

पार्टीको निर्वाचन चिन्ह ‘हलो’ राखिएको छ । यस्तै वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र सम्र्वद्धनवादी उदारवाद र प्रगतिशील आधुनिकरण भएको भन्दै पार्टीले राजनीतिक शक्तिहरु बीचको वृहत् सहमतिमा साझा संस्थाको रुपमा राजसंस्थालाई ब्यूँताउने उद्घोष समेत गरेको छ ।

राप्रपाका दुबै अध्यक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशमा विद्यमान सबै धर्म बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतालाई कायम राख्दै नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्न मुलुकमा कायम रहेका क्रियाशिल सबै राजनीतिक शक्तिहरु बीचको वृहत् सहमतिमा साझा संस्थाको रुपमा दल विशेष भन्दा माथि रहने त्यो पुरानो संस्थालाई राष्ट्रप्रमुखको रुपमा स्थापित गर्न, संविधानतः गठित तल्लो तहका सबै इकाईहरुमा शक्तिको हस्तान्तरण, उदार अर्थतन्त्र, असंलग्न परराष्ट्रनीति, वर्तमान संविधानका केही परिर्वतनीय प्रावधान प्रतिको असहमतिलाई कायम राख्दै संविधानसंग सहकार्य र प्रतिवद्धता, बहुलवादी प्रजातन्त्रलाई व्यवहारमै समावेशी तुल्याउन र सम्पूर्ण जनतामा प्रणालीप्रति अपनत्व र स्वामित्वको व्यवहारिक अनुभूति दिलाउन निरन्तरता सहितको परिर्वतनको प्रतिवद्धता राप्रपा (संयुक्त) का मुख्य नीति र सिद्धान्त हुन् ।’

राप्रपाले रेल, पानी जहाज र मेट्रो रेलको सपना बाँडेर तीनै तहका सरकारले जनतालाई धान्नै नसक्ने करको भारी बोकाएको,  सरकार र सत्तारुढ दल भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै संगठित रुपमा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन दिने सरकार र सत्तारुढ दलले ‘सुखी नेपाली समृद्ध नेपाल’ को गफ लगाउनु भैंसी सामु विनबाजा बजाउनु जस्तै भएको टिप्पणी गरेको छ।

 

Facebook Comment

छुटाउनुभयो कि?