पर्यटन बजार१६ भाद्र २०७७, मंगलवार मा प्रकाशित
भदौ १६ , काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे मंगलबार कुनै निर्णय नहुने बताएका छन् । बरु के गर्ने भन्नेबारे गृहकार्य थालिएको उनले बताए ।
हाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका नारायणप्रसाद भट्टा र भक्तपुरकी हुमकला पाण्डेबीच भर्चुअल बैठक जारी छ । ‘निषेधाज्ञाकै विषयमा हामी छलफल गरिरहेका छौं’, दाहालले भने, ‘यद्यपि, निषेधाज्ञाबारे निर्णय बुधबार मात्रै हुनेछ ।’
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन प्रमुख जिल्ला अधिकारीले एक साता निषेधाज्ञाको आदेश जारी गरेका थिए । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।अनलाइन होमडेलिभरी सेवाको विषयमा पनि बुधबार निर्णय हुने एक अधिकारीले बताएका छन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit