नीलिबराह तालमा दिन प्रतिदिन पर्यटको घुइचो

पर्यटन बजार१ पुष २०७७, बुधबार मा प्रकाशित

नीलिबराह तालमा  दिन प्रतिदिन पर्यटको  घुइचो

पिस १ ,काठमाडौँ।तारागाउँ रिजेन्सी होटलले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिमा रू. ७ करोड ८९ लाख नोक्सानी व्यहोरेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ३५ करोड ३२ लाख नाफा कमाएको थियो । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको कारण विश्वभर असर गरेको र त्यसको कारण प्रत्यक्ष पर्यटन व्यव्सायमा परेको, नेपाल लगायत अन्य देशहरुमा लकडाउन भएको, अन्तरराष्ट्रिय तथा राष्ट्रिय हवाइ उडान ठप्प भएकाले चालू आवको पहिलो त्रैमासाम कम्पनीले नोक्सानी व्यहोरेको हो ।

गत आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानी रू. १ अर्ब ५९ करोड ६३ लाख रहेकोमा चालू आवको सोही अवधिमा रू. ४९ लाख ९ हजारमा सीमित भएको छ ।

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख रहेको छ भने जगेडा कोषमा रू. ३८ करोड ४४ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले नोक्सानी व्यहोरेसँगै प्रतिशेयर आम्दानी रू. ४ दशमलव १९ ऋणात्मक रहेको छ । यो आम्दानी गत आवको पहिलो त्रैमासमा रू. ८ दशमलव ७८ थियो ।

Facebook Comment

छुटाउनुभयो कि?