नेपालकै अग्लो हनुमानको मूर्ति

पर्यटन बजार२२ माघ २०७६, बुधबार मा प्रकाशित

नेपालकै अग्लो हनुमानको मूर्ति

माघ २२ ,भक्तपुर। मन्दिरको सहरको रुपमा चिनिने उपत्यका भित्रको सानो सहर भक्तपुर जिल्लाको दधिकोट स्थित श्री हिञ्चोक भैरब मन्दिर एतिहासिक एवं धार्मिक स्थलको रुपमा रहँदै आएको छ। सोहि स्थानमा हिञ्चोक भैरब सुधार एवं संरक्षण संस्थाको सक्रियतामा हनुमानको पूर्ण कदको मूर्ति निर्माण गरिएको छ । श्री रामभक्त हनुमानको मूर्तिको छातीमा रामसीताको आकृति देख्न सकिन्छ ।

मूर्ति बनाउन ४६ टनको शीला वि.सं .२०६७ फागुन २७ गते गैंडाकोटको जयश्रीखोलाबाट ल्याइएको थियो । हनुमानप्रतिको आस्थाले मूूर्ति बनाइएको अध्यक्ष बासुदेब बस्नेतले बताउनुभयो । ‘हिञ्चोक भैरब मन्दिर क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्य बनाउन , र वरिपरिको खाली जग्गालाइ सदुपयोग गरेर अझै थप संरचनाहरु निर्माण गर्न समिति लागिपरेको समितिका अध्यक्ष बस्नेतले पर्यटन बजार डट कम लाई जानकारी गराउनुभयो ।

मल्लकालिन इतिहास हेर्ने हो भने यो ठाउंलाई ”दिचो ” अथार्त नेवारी भाषामा ”दि ” को अर्थ दिन ,”चो ” को अर्थ लेख्ने /हेर्ने थलोको रुपमा चिनिन्छ। यहाँ मल्लराजाहरु आई आफ्नो शुभ दिन ,शुभमुहुर्त तथा ग्रह दशा आदि हेर्ने चलन थियो। समयको क्रमसंगै यहि नेवारी शब्द ”दि चो ” अपभंस भई हिचो भनेर चिनिन थाल्यो र हाल हिञ्चोक भनेर चिनिन्छ।

श्री हिञ्चोक भैरवनाथको अनुकम्पाले वि. सं . १९९० सालको भूकम्प , ७२ सालको भुकम्पमा हिज्चोक भैरव नाथको नित्य पुजा गर्ने स्थानीय वासिन्दाहरूको घर नभत्केको र कुनै पनि क्षती नभएको जनश्रुती पाइन्छ। यसरी साक्षात देवताको रुपमा रहेको श्री हिज्चोक भैरव र यो ठाउँलाई हिन्दू धर्मावलम्बीहरुले निकै आस्था र बिश्वासका साथ पुजा गर्दै आएका छन् ।

भगवानको शक्ति कै कारण माटोको घरसम्म जस्ताको त्यस्तै रहन सफल भएको स्थानीयको बिश्वाश रहेको अध्यक्ष बस्नेत बताउनुहुन्छ ।करिब सबा करोडको लगानी पश्चात यस मन्दिर परिसरले मुहार फेर्न सफल भएको मन्दिरका पुजारी बताउनुहुन्छ। हाल यस मन्दिर परिसरमा बिवाह , ब्रतबन्ध ,पुजा , लाखबत्ती बाल्ने लगायतका शुभ कार्यहरु हुन थालेका छन्। त्यस्तै यहाँ दिनहुँ योगा हुन्छ भने क्रियापुत्रीका लागी बस्ने कोठा समेत निर्माण भैरहेको छ।

यस मन्दिर परिसरमा हनुमानको मुर्ति निर्माण भएसंगै दर्शन गर्न आउने र घुम्न आउने आगन्तुकहरुको संख्या पनि बढ्दो रहेको छ। यहाँ आए जति सबैले नै यहाँको तारिफ गरेर जाने समेत मन्दिरका पुजारीले जानकारी गराउनुभयो ।

यस ठाउँको स्तरोन्नति तथा बिकासको लागि प्रदेश ले २० लाख र नगरपालिकाले ५ लाख बजेट छुट्याएको छ। भैरब मन्दिर हाता साँढे तीन रोपनीमा फैलिएको छ। त्यहाँ पुग्न ठिमीको शंखधरचोकबाट एक किलोमिटर दक्षिण लाग्नु पर्छ।

Facebook Comment

छुटाउनुभयो कि?