‘नेपालको उर्जा निर्मल पुर्जा’ भन्दै पर्यटन बोर्डमा ‘के टु आरोही टिमलाइ’ भब्य स्वागत

पर्यटन बजार१३ माघ २०७७, मंगलवार मा प्रकाशित

‘नेपालको उर्जा निर्मल पुर्जा’ भन्दै पर्यटन बोर्डमा  ‘के टु आरोही टिमलाइ’ भब्य स्वागत

माघ १३, काठमाडौ । माउन्ट केटु आरोहण गरेर फर्किएका पर्वतारोहीहरु आज बिहान 8 बजे काठमाण्डौ आइपुगेका छन्। विश्वकै खतरनाक मानिने माउन्ट केटुमा नेपाली आरोहीहरुले जाडो महिनामा आरोहण गर्दै विश्व किर्तिमान बनाएका थिए । कम्तीमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा १ सय किलोमिटर गतिको हावालाई सामना गर्दै म्याग्दीका पुर्जासहित १० नेपाली आरोही माघ 3 गते शनिबार दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएका थिए ।

पर्वतारोही टिमलाई बिमानस्थलमा स्वागत भैसकेपछि बिहान १०:३० बजे पर्यटन बोर्डमा पनि भब्य स्वागत गरिएको छ। नेपाल पर्यटन बोर्डका अध्यक्ष धनन्जय रेग्मीले सबैलाई खादा लगाई बुके सहित बधाई तथा शुभकामना प्रदान गरे। कार्यक्रममा सबैभन्दा कान्छो सगरमाथा आरोही शम्भु तामांगले स्वागत मन्तब्य राखेका थिए।


के टु टिमलाई शुभकामना दिदै टानका अध्यक्ष खुम सुबेदीले के टु टिमले गरेको आरोहणले नेपाल र नेपालीले नै गौरब गरेको बताए। यो गौरबको कारणले समस्त नेपालको पर्यटनलाई थप उचाइ दिएको र आगामी दिनमा नेपालको नाम अझै अगाडि बढ्ने बिश्वास रहेको बताए।


त्यस्तै पाकिस्तानी सरकारले र पर्यटन बोर्डले के टु आरोहण गरेकोमा धेरै सम्माननीय ब्यबहार गरेको के टु आरोही निर्मल पुर्जाले बताए । कार्यक्रममा बोल्दै उनले के टु आरोहण गर्ने योजना हिउदको लागि नभएको पनि बताए। बिना कुनै स्वार्थ यो कार्य सम्पन्न गरेकोमा आफु धेरै खुसि भएको तर नेपाल सरकारले भने कुनै सहयोग नगरेकोमा गुनासो व्यक्त गरेका थिए। नेपालमा आठ हजार भन्दा बढी उचाइका आरोहण गर्न थुप्रै ठुला हिमालहरु हुदा हुदै पनि आजसम्म नेपालीले पहिले आरोहन गरेको रेकर्ड छैन र हामि गर्छौ भन्दा पनि सरकारले अनुमति दिदैन, दिईहाल्यो भने पनि थुप्रै झनजटिलो प्रक्रियाले गर्दा हतोत्साहित हुने गरेको बताए। तमाम कुराहरुको बाबजुद आफ्नो टिमले गरको कार्यमा उनि एकदमै गौरबाम्बित भएको बताए।

पुर्जाको गुनासोलाई मध्यनाजार गर्दै धनन्जय रेग्मीले आफुले आगामी दिनहरुमा गर्न परेको सहयोग गर्ने र सरकारको पनि ध्यानाकर्षण गराउने बताए। साथै युवाको उर्जा निर्मल पुर्जा, नेपालको उर्जा निर्मल पुर्जा भन्दै आगामी दिनको लागि शुभकामना समेत ज्ञापन गरे।

Facebook Comment

छुटाउनुभयो कि?