नेपालको मकालु हिमालको आधार शिविरमा ‘यति’ को पाइला भेटिएको भारतीय सेनाको दाबी

पर्यटन बजार१७ बैशाख २०७६, मंगलवार मा प्रकाशित

नेपालको मकालु हिमालको आधार शिविरमा ‘यति’ को पाइला भेटिएको भारतीय सेनाको दाबी

बैशाख १७, नयाँ दिल्ली। नेपालको मकालु हिमालको आधार शिविरमा रहस्यमय हिममानव ‘यति’ को (फुटस्टेप) पाइला भेटिएको दाबी भारतीय सेनाले गरेको छ । आफ्नो पर्वतारोहण टिमले यतिको पदचिन्ह देखेको भारतीय सेनाको आमसञ्चार विभागले जनाएको हो । विभागको आधिकारिक ट्वीटर ह्यान्डलमा पाइलाको तस्वीरहरु पनि पोष्ट गरिएको छ ।

मानिसहरुले भारतीय सेनाको उक्त दाबीलाई ठट्टा र अन्धविश्वासको संज्ञा दिएका छन्। ‘यति’ विशेषगरी दक्षिण एसियाका लोककथाहरुमा हिम मानव भएको विश्वास गरिन्छ। हिमाली क्षेत्रमा बस्ने मानिसहरुले आफूहरुले यति देखेको दाबी गरेता पनि हालसम्म यतिको तस्विरहरु सार्वजनिक भएका छैनन्।  

भारतीय सेनाले लोक कथाकै उदाहरण दिँदै यतिको पाइलाको तस्विर सार्वजनिक गरेको हो। भारतीय सेनाका अनुसार तस्वीरहरु अप्रिल ९ मा खिचिएको हो । ‘यति’ को पदचिन्हको लम्बाई २.६ फिट रहेको उसले जनाएको छ । फुटस्टेप भन्नाले सामान्य हिँडाईमा दुई वटा पदचिन्हबीचको दुरीलाई जनाउँछ । एउटा वयस्क व्यक्तिको फुटस्टेप औसत २.५ फिट हुन्छ ।

 
यस्तै. सेनाले यति यसअघि मकालु वरुण निकुञ्जमा मात्रै देखा पर्ने गरेको दाबीसमेत गरेको छ। अप्रिल ९ मा भेटिएका पाइलाका तस्विर पुराना तथ्यहरुको जाँच गरी अहिले सार्वजनिक गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
 
Facebook Comment

छुटाउनुभयो कि?