नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४, सबै विदेश बाट भित्रिएका !

पर्यटन बजार१५ चैत्र २०७६, शनिबार मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४, सबै विदेश बाट भित्रिएका !

चैत १५, काठमाडौं ।नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४ पुगेको छ । अचम्म को कुरा त के छ भने यी सबै सङ्क्रमित व्यक्तिहरू विभिन्न देशबाट भर्खरै मात्र नेपाल भित्रिएका हुन्। यस बाट के बुझ्न सकिन्छ भने आगामी दिनमा पनि बिदेशबाट नेपाल भित्रिएका नेपालीहरुमा कोरोना संक्रमणको उच्च संभावना छ ।को को हुन् त नेपालमा रहेका चार संक्रमितहरु :

पहिलो व्यक्ति
केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई कोभिड-१९ भएको पुष्टि भएको थियो। अहिले उनी पूर्ण रूपमा स्वास्थ्य भएको बताइएको छ।

दोस्रो ब्यक्ति
फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया (युवती) विद्यार्थी  नेपालको दोस्रो सङ्क्रमित व्यक्तिको रूपमा रहेकी छन्। उनमा कोरोना भाइरस को संक्रमण भएको जानकारी मन्त्रालयले सोमवार मध्याह्न आकस्मिक प्रेस सम्मेलन गरेर दिएको हो।

मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्रमण भएको विवरण देखिएको थियो।
उनको दोस्रो स्वास्थ्य परिक्षण को रिपोर्ट भने नेगेटिभ आएको छ ।

तेस्रो ब्यक्ति
प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ। विभिन्न लक्षणसहित अस्पतालमा भर्ना भएका ती युवकबाट सङ्कलित नमुनाको पीसीआर विधिद्वारा परीक्षण गरिएको थियो। हाल उनले एक अनलाइन लाई आफ्नो परिचय खुलाएर अन्तरवार्ता समेत दिएका छन् । उनी उर बहादुर तामाङ हुन्।

चौथो ब्यक्ति
नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार पुष्टि गरेका छन्।
काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा सङ्क्रमण भएको पाइएको देवकोटाले बताए।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले उहाँको उपचार भइरहेको छ।”देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए। उनी पनि विदेश बाट फर्किएका हुन् ।

Facebook Comment

छुटाउनुभयो कि?