नेपाली र्याफ्टिङ टोलिलाइ पोखराबाट गरियो बिदाई

पर्यटन बजार२२ बैशाख २०७६, आईतवार मा प्रकाशित

नेपाली र्याफ्टिङ टोलिलाइ पोखराबाट गरियो बिदाई

बैशाख २२, काठमाडौ। अष्ट्रेलियाको क्वीन्स ल्याण्ड टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुन जान लागेकाे नेपाली र्याफ्टिङ टोलिलाइ शनिबार पोखराबाट बिदाई गरिएको छ ।

वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुन जान लागेकाे नेपाली र्याफ्टिङ टोलिलाइ गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले नेपालको झण्डा हस्तान्तरण तथा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिव पाेखरेल र रेवान पोखराका अध्यक्ष लगायतले खादा लगाई बिदाई गरेका थिए ।

आगामी मे १६ देखी १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्ड टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुन नेपाल एजेन्सीज र्याफ्टिङ एशोसियशनका अध्यक्ष निम बहादुर मगर, सुनिल गुरुङ, सविन गुरुङ, शक्ति कुमार गुरुङ, दिपेश गुरुङ, पदम बहादुर गुरुङ र रविल मिया रहेका छन् । र्याफ्टिङ टोलि आगामी मे ७ तारिकका दिन अष्ट्रेलिया प्रस्थान गर्नेछन ।

Facebook Comment

छुटाउनुभयो कि?