नेपाल चिनाउँदै लेबनानी चेली जोयस

पर्यटन बजार५ पुष २०७६, शनिबार मा प्रकाशित

नेपाल चिनाउँदै लेबनानी चेली जोयस

पौष ५, काठमाण्डौ।  झट्ट हेर्दा नेपालीझै“ लाग्ने लेबनानकी जोयस अजमलाई नेपाल आफ्नै घरजस्तो लाग्न थालेको छ । यहाँको प्राकृतिक सुन्दरतामा लठ्ठिएकी अजम नेपालको कुरा गर्दा जिब्रो टोक्छिन् । उनी भन्छिन्, ‘वाह ! नेपाल । साँच्चैकै सुन्दर । अरु म कसरी बयान गरौ“ ?’ उनी पहिलो पटक ल्होत्से हिमाल आरोहण गर्न नेपाल आएकी थिइन् ।

अहिलेसम्म पाँचौ“ पटक नेपाल आइसकेकी छिन् । कात्तिक अन्तिम साता ठमेलस्थित काठमाडौ“ गेस्टहाउसमा भेटि“दा अजम निकै खुसी थिइन् । भेटमा उनले नेपालको खुलेर प्रशंसा गरिन् । उनलाई सबैभन्दा मन छुने विषय भनेको यहाँको सहयोग, स्वागत र संस्कार हो । ‘सुन्दर देशमा सबै मानिसको सुन्दर हृदय भएको पाए“ । स्वागत र सहयोग नेपालीमा अत्यधिक नै रहेछ,’ उनले भनिन्, ‘नेपालको यही संस्कारका कारण म पटक–पटक यहा“ आउने गरेकी छु ।’

जोयस २०१८ मा एभरेष्ट बेस क्याम्पमा सगरमाथा आरोहण ट्रेनिङका लागि आएकी थिइन् । सगरमाथा चढ्न मे २०१९ मा नेपाल आइन् । र, त्यसपछि उनको नेपाल यात्रा दुई पटक भइसकेको छ । सगरमाथा आरोहण सेभेन्थ समिट च्यालेन्जको एउटा प्रोजेक्ट थियो । त्यस च्यालेन्जअन्तर्गत सात महादेशभित्रका प्रत्येक उच्च हिमशिखरको आरोहण गर्नुपर्ने थियो । जोयस यो च्यालेन्ज पूरा गर्ने पहिलो लेबनानी महिला बनिन् । ‘लेबनानबाट हिमाल चढ्नका लागि यसरी हि“ड्न पाउँदा खुसी छु । यसका लागि मैले सात वर्ष खर्च गर्नुप¥यो,’ उनले भनिन् ।

जोयसले २३ मे सन् २०१९ मा सगरमाथा चढेर यो च्यालेन्ज पूरा गरेकी थिइन् । उनले पहिलो प्रोजेक्टअन्तर्गत जुलाई २०१२ मा युरोपको एल्ब्रस हिमाल आरोहण गरेकी थिइन् । २०१२ बाट हिमाल आरोहण सुरुआत गरेकी उनले सेभेन समिटका हिमाल चढिसकेकी छिन् । नेपालमा हिमाल आरोहणका क्रममा शेर्पाहरुले गरेको सहयोग, स्थानीयको स्वागत र धार्मिक स्थलमा देखिएको संस्कारले मन लोभ्याएको उनी बताउँछिन् । बौद्धनाथ र लुम्बिनी जाँदा दुई हात जोडेर प्रार्थना गरेको दृश्य देख्दा उनी अचम्मित भइन् । पछि हात जोडेर भगवान्को दर्शन गर्दा आफूलाई शान्ति प्राप्ति भएको महसुस गरिन् ।

हिमाल आरोहण गर्नुअघि पूजा गर्ने शैली पनि उनलाई फरक लागेको छ । उनले अरु देशका हिमाल आरोहणका क्रममा यस्ता दृश्य कहिल्यै देखेकी थिइनन् । सात वर्षमा सात वटा हिमाल आरोहण गरेकी अजमलाई सगरमाथा आरोहण गर्न दुई महिना लागेको थियो । उनको त्यो पहिलो अनुभव थियो । आरोहणका क्रममा भोगेका दुःख र पीडालाई हिमाली परिदृश्यसँग डुबुल्की मार्दै हि“ड्दा बिर्सिएको उनी बताउँछिन् । ‘चारैतिर चम्किएको हिमाललाई नजिकबाट नियाल्दै यात्रा गर्दा २ महिनाको समय बितेको पत्तै पाइएन,’ उनले भनिन् ।

नेपालको सगरमाथासँगै ६ महादेशका ६ वटा उच्च शिखर आरोहण गरेकी जोयससँग सगरमाथा आरोहणको फरक अनुभव छ । ‘फरक भनेको सगरमाथा पहिलो यस्तो पर्वतारोहण रह्यो, जुन एकदमै लामो थियो । मैले लामो समयसम्म हिमालमा रहनुप¥यो,’ उनले भनिन् । सगरमाथा आरोहणका क्रममा लामो समय टेन्टमा रहनुप¥यो ।’ विभिन्न समस्या, प्रतिकूल वातावरण र मौसम, हावा, हिउँको सामना गर्नुपरेको उनी बताउँछिन् । ‘यी सबै भोगाइलाई लामो समय सामना गर्नु गाह्रो थियो । शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा पनि,’ उनले भनिन्, ‘तर पनि एउटा फरक थियो, नेपालको भव्य हिमाली परिदृश्य ।’ जोयस भन्छिन्, ‘मैले अन्य हिमाल नराम्रा थिए भन्न खोजेकी होइन तर सगरमाथाको जुन सौन्दर्य छ, त्यो एकदमै चामत्कारिक थियो, जुन शब्दमा बयान गर्न सक्दिन“ ।’

सगरमाथाको उचाइ त यसको प्रमुख विशेषता भइहाल्यो, जुन अरु ठाउँमा पाउन सकि“दैन । नेपालका हिमाल र अन्य देशका हिमालमा धेरै फरक रहेको जोयस बताउँछिन् । यसबाहेक अर्को विशेषता भनेको यहाँको जनजीवन र मानिस पनि हुन् । यहाँका हिमालको आरोहण गर्दा गाउँ हुँदै यात्रा हुन्छ, स्थानीयसँग कुराकानी हुन्छ । उनीहरुसँगको संवाद रमाइलो हुन्छ । यसले पनि जोयसलाई अविष्मरणीय बनायो । ‘अरु हिमालमा भन्दा फरक सगरमाथाको बाटोमा आध्यात्मिकता पाइन्छ । यहा“ हिमाल चढ्नुअघि पूजा गरिन्छ । त्यो अलास्कामा गरि“दैन, अफ्रिकामा गरि“दैन तर नेपालमा मात्र गरिन्छ । र, यो एकदमै सुन्दर लाग्छ मलाई,’ उनले भनिन् ।

अजमसँग ३० देश र ८० भन्दा धेरै सहर घुमेको अनुभवसमेत छ । अरु देशभन्दा उनलाई नेपाल धेरै सुरक्षित लाग्छ । उनी घुमघाममा प्रायः एक्लै निस्कन्छिन् । नेपाल विस्तारै परिवर्तित हँुदै गएको जोयसले पनि देख्दै गएकी छिन् । पछिल्लो समय नेपालमा धेरै विकास निर्माणका काम अगाडि बढिरहेका छन् । विकासको क्रम बढेकाले नै यहाँ धुलो–धुवाँ धेरै भएको हुन सक्ने उनको अनुमान छ । ‘कतिपय देशहरु धनी छन् तर मानिसको मुहारमा हाँसो–खुसी छैन किनभने उनीहरुमा महङ्खवाकांक्षा छैन, भित्रबाट आउने इच्छाशक्ति छैन । नेपाल धनी देश होइन तर यहाँका मानिस मनका धनी छन्,’ उनले भनिन् ‘हामी विदेशीहरुलाई घुम्न जाँदा त्यहाँको स्थानीय परिकार खान मन लाग्छ । मलाई नेपालको स्थानीय खाना धेरै मन प¥यो ।’

नेपाल आउनुअघि उनले कल्पनासमेत गरेकी थिइनन्– यति सुन्दर छ भन्ने । उनी भन्छिन्, ‘म कुनै देशमा घुम्न जानुअघि त्यो देशका बारे पढ्ने र तस्बिर हेर्ने काम गर्दिन“ तर यहाँ आउ“दा म निकै खुसी भए“ ।’ विश्वको सबैभन्दा अग्लो हिमाल भएका कारण जोयस केही डराएकी थिइन् । जब उनी सगरमाथाको चुचुरोमा पुगिन्, संसार जितेको अनुभव गरिन् । अजमलाई यो पटक भ्रमण वर्ष– २०२० को सचिवालयले सद्भावना दूत नियुक्त गरेको छ ।

नेपालले आफूलाई दिएको जिम्मेवारी पूरा गर्न लागिपर्ने उनको प्रतिबद्धता छ । उनी भन्छिन्, ‘म जहाँ जान्छु, नेपाल अनि सगरमाथाबारे प्रशंसा गर्न कहिले पनि थाक्दिन“ । मैले सकेजति नेपालको प्रवद्र्धन गर्छु ।’ उनले पाटन, भक्तपुर, कीर्तिपुर, लुम्बिनी र जनकपुरको भ्रमण गरिसकेकी छिन् । ती सहरले पनि उनको मन लोभ्याएको छ । यी सहर संस्कृति, धार्मिक, अध्यात्मले भरिपूर्ण छन् । अरु सहरभन्दा फरक छन् । यहाँ ठूलो विविधता पाइन्छ ।

एउटा पर्यटक र सद्भावना दूतको दृष्टिकोणबाट यहाँको प्राकृतिक छटा तथा सौन्दर्यबीच उच्च सम्भावना बोकेको पर्यटकीय क्षेत्र अझै फस्टाउन किन नसकेको भन्ने प्रश्न हामीले जोयसलाई राखेका थियौ“ । उनले भनिन्, ‘नेपालमा मात्र होइन, सबै ठाउँका सबै क्षेत्रमा समस्या छ । मलाई लाग्छ, हामीले सकारात्मक सोचले काम गर्नुपर्छ । समस्या भने यहाँ जनचेतना अभाव छ । तपाईंहरुको आफ्नो पहिचान, अस्तित्व छ, जुन एकदमै सुन्दर छ । जुन तपाईंहरुसँग छ, त्यो अभूतपूर्व छ । तर पर्यटकीय क्षेत्रलाई प्रचार गर्न फरक तरिका आवश्यक छ । स्थानीय मानिसलाई प्रशिक्षण दिन आवश्यक छ ।

आफ्नो ठाउँको कसरी स्याहार गर्ने, पर्यटकलाई कसरी सेवा दिने, के दिनेजस्ता विषय सिकाउन आवश्यक छ । पर्यटन क्षेत्रमा यो कुरालाई प्रचार गर्न एकदमै आवश्यक छ । यो क्षेत्रमा सफल हुन धेरै लामो बाटो तय गर्नुपर्छ । मलाई लाग्छ, ससाना पाइला चाल्न सुरु भइसकेको छ । भिजिट नेपाल–२०२० एउटा रोचक कार्यक्रम हो । यसले नेपाललाई विश्वसामु चिनाउ“दै मानिसको ध्यान खिच्न सघाउनेछ । यसले मानिसमा जनचेतना जगाउन पनि सहयोग गर्दै छ । यो क्षेत्र महङ्खवपूर्ण रहेकाले दिगो पर्यटन विकासमा ध्यान दिन आवश्यक छ । मैले विशिष्टीकृत हुन यस्ता कुरा गरिरहेकी छैन ।

जोयसले ऐतिहासिक सहर तथा भवनको विषयमा स्नातकोत्तर, ल्यान्डस्क्याप एन्ड इन्भाइरोमेन्टमा विद्यावारिधि गरेकी छिन् । उनी आफ“ैमा एउटा आर्किटेक्ट पनि हुन् । नेपाल हिमालमा मात्र धनी होइन, प्राचीन सहर र ऐतिहासिक महङ्खवले धनी देश पनि हो । यो कुरालाई पर्यटनसँग जोड्नुपर्ने जोयसको विचार छ । ‘मैले पाटन, भक्तपुर, कीर्तिपुर, लुम्बिनी जनकपुर घुम्ने मौका पाए“ । यी सबै सहर सम्पदाका धनी छन् । यहाँ ठूलो विविधता पाइन्छ,’ उनले भनिन् ।

पाटन, भक्तपुर जाँदा एउटा अनुभव हुन्छ, जनकपुर जाँदा झन् फरक अनुभूति । लुम्बिनीमा अर्कै चिन्तन । नेपाल खासमा धनी छ । नेपालसँग एउटा अभूतपूर्ण विविधता छ,’ उनी भन्छिन् । नेपालमा सांस्कृतिक सम्पदा एकै किसिमका छैनन् । त्यसैले मान्छे आउँछन्, सबै ठाउँ घुम्छन् । मेरो हेराइबाट यहाँ थप व्यवस्थापन आवश्यक छ । व्यवस्थापन योजना केही वर्षसम्मका लागि बनाउनुपर्ने उनी बताउँछिन् । ‘सांस्कृतिक सम्पदालाई कसरी संरक्षण गर्ने, बचाउने, सम्वद्र्धन र प्रचार गर्ने भनेर योजना बनाइनुपर्छ । जनकपुर र लुम्बिनीलाई त्यति धेरै प्रचार गरिएको छैन । यी अति नै सुन्दर छन्,’ उनले भनिन् ।

प्रत्येक पटक नेपाल आउँदा आप्mनै घरमा बसेजस्तो अनुभव हुने बताउ“छिन् उनी । ‘हामी उस्तै छैनौ“ । म मध्यएसियाबाट, फरक संस्कृतिबाट आएकी हुँ । तर पनि नेपालमा एकदमै आफ्नोपन पाउँछु । मेरा साथीहरुलाई भन्छु, यहाँको अनुभव एकदमै फरक छ,’ जोयस भन्छिन् । ‘मैले संसारका ३० भन्दा धेरै मुलुकका ८० भन्दा धेरै सहरको भ्रमण गरेकी छु । तर मैले यहाँजस्तो अनुभव गरेकी छैन । म एकल यात्री हो । सगरमाथा बेस क्याम्पमा पनि एउटा भरिया र गाइडसँग मात्र पुगेकी छु । मैले यहाँजस्तो सुरक्षित अनुभव कही“ गरेकी छैन’, उनले भनिन् । विश्वभरिका मानिसलाई नेपाल सुरक्षित, सजिलो, आत्मीय छ । यसले धेरै गर्न बाँकी छ तर विकासको बाटोमा छ भन्न चाहन्छु ।

क्यापिटल नेपाल

Facebook Comment

छुटाउनुभयो कि?