पर्यटन बजार१४ जेष्ठ २०७६, मंगलवार मा प्रकाशित
जेठ १४, काठमाडौं । अष्ट्रेलिया सरकारलेे परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राख्दै नेपाल भ्रमणमा रहेका र आउन चाहने आफ्ना नागरिकलाई सचेत गराएको छ । काठमाडौंमै बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी गराउँदै भ्रमण गर्दा सचेत हुन आग्रह गरेको हो ।
अष्ट्रेलियाले खतराका आधारमा नेपाललाई लेभल २ मा राख्दै भनेको छ ‘उच्च सावधानी अपनाउनुहोला ।’अष्ट्रेलियाको यो घटनाले नेपाल आउने तयारी गरिसकेका पर्यटकका लागि त्यति अप्ठेरो पार्ने छैन । खतराको लेबल टु को अर्थ अष्ट्रेलियाको शहरमा भन्दा त्यहाँ खतरा बढी छ भन्ने हो ।
अष्ट्रेलिया सरकारको सूचनामा अगाडि भनिएको छ ‘नेपालमा प्रदर्शन र विरोध कार्यक्रमहरु भइरहेका हुन सक्छन् । ठूलो संख्यामा मानिसहरु भइरहेको तिर नजानू, त्यहाँ जुनसुकै बेला हिंसा हुन सक्छ ।’
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit