नेपाल भ्रमण वर्ष २०२० को प्रबर्द्धनका लागि ओस्लोमा कार्यक्रम

पर्यटन बजार१४ माघ २०७६, मंगलवार मा प्रकाशित

नेपाल भ्रमण वर्ष २०२० को प्रबर्द्धनका लागि ओस्लोमा कार्यक्रम

माघ १४ ,काठमाडौँ । ‘नोर्गे-नेपालफरइनिन्‍जेन’ ले गैर-आवासीय नेपाली संघ (एनआरएनए), नेपाल पर्यटन बोर्ड, डेनमार्कस्थित नेपाली दूतावासको सहकार्यमा उट्‍फोर्क भेर्डेन (एक्सपोलर दी वर्ल्ड ) कार्यक्रम गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्द्धन गर्ने उद्देश्यले जनवरी २५ र २६ मा नर्वेको ओस्लोमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी अधिकांश अतिथिहरुले नेपाल भ्रमणको बारेमा बताएका थिए । र केहीले फेरि नेपाल आउने चाहना व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले नेपाली सांस्कृतिको आकर्षणको निकै तारिफ गरिएको थियो । कार्यक्रममा धुव्रलाल प्रधानले लाखे मास्क नृत्य, बोधराज खनाल र जीवन उप्रेतिले संगीत, विद्या क्षेत्री, प्रकाश श्रेष्ठ, बिना श्रेष्ठ, दर्शिखा महत र स्मिता मल्लले परम्परागत जातीय नृत्य गरेका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?