पर्यटन बजार२४ मंसिर २०७७, बुधबार मा प्रकाशित
मंसिर २४ , काठमाडौँ। नेपाल मानव अधिकार संगठन तारकेश्वर नगरपालिका शाखाले ७२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस २०७७ को अबसरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ।
कुशल स्वस्थ बनौ मानव अधिकार को लागि उठौ ,कोरोना मुक्ति शान्ति सामाजिक सद्भाव र राजनीति स्थिरताको कामना,भन्ने नारा साथ लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरिएको हो ।
नेपाल मानवअधिकार सगंठन तारकेश्वर नगरपालिका अध्यक्ष हरि तिमिल्सिनाले नेपाल मा अहिले मानवअधिकार को अबस्था दयनिय रहेको र यसको सुधारको लागि राज्यले ध्यान दिनु पर्ने बताउनुभयो ।
नेपाल मानव अधिकार संगठन तारकेश्वर नगरपालिका शाखाले समय समय मा बिबिध सामाजिक कार्यहरु गर्ने गर्दछ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit