नेपाल शाकाहारी पार्टी द्वारा असहाय मानिसहरूलाई खाना र कपडा वितरण

पर्यटन बजार१७ आश्विन २०७७, शनिबार मा प्रकाशित

नेपाल शाकाहारी पार्टी द्वारा असहाय मानिसहरूलाई खाना र कपडा वितरण

असोज १७,काठमाण्डौ। नेपाल शाकाहारी पार्टीले विश्व अहिंसा दिवसको अवसर पारेर देशभरका करिब ५ हजार मानिसहरूलाई खाना तथा लत्ता कपडा वितरण गरेको छ। दैनिक खाना सेवन गर्न नसक्ने र असहाय मानिसहरूलाई फुड बैँकको सहकार्यमा खाना र कपडा वितरण गरिएको पार्टीका संयोजक राधे श्याम खड्काले बताएका हुन् ।

नयाँ बसपार्क, कलंकी, पशुपतिनाथ, त्रिपुरेश्वर लगायत विभिन्न ठाउँमा स्थलगत भ्रमण गरेर खाना खुवाइएको र कपडा वितरण गरिएको खड्काले पर्यटन बजार डट कम लाई जानकारी गराउनु भयो ।

नेपाल शाकाहारी पार्टीले समय समयमा यस्ता सामाजिक कार्यहरू गर्दै आइरहेको र यसपटक पनि दिन दुखी हरुको सेवामा आफ्नो पार्टी लागेको ७ नम्बर प्रदेशका संयोजक इन्द्र मल्लले बताउनु भयो। दिनरात भोक सँग लडिरहेका मानिसहरू को एक छाक भको पेट भर्न पाउँदा पनि छुट्टै किसिमको आनन्द प्राप्त हुने मल्लको अनुभव छ । “सकेसम्म त हामीले खाना वितरणको कार्यलाई निरन्तरता दिई रहेका छौ वहाँले भन्नुभयो।”


शाकाहारी पार्टीले यस अघि पनि लकडाउनमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई तागतिलो , भिटामिन युक्त खानेकुराको अभाव नहोस र स्वस्थ्य खानेकुराबाट कोरोना संग लड्न केही भए पनि क्षमता प्रदान होस भन्ने उद्देश्यका साथ फलफूल वितरण कार्य गरेको थियो।
शाकाहारी पार्टीले काठमाडौंका मन्दिरमा रहेका बाँदर, सडकमा रहेका छाडा कुकुर,दैनिक ज्याला मजदुर गरेर जीविकपार्जन गर्ने विपन्न वर्गका मानिसहरूलाई खाना खुवाउने , फलफूल वितरण गर्ने र पानी वितरण गर्ने काम समेत गरिरहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?