नेवारी समुदायले मनाउने जात्रा गठे मंगल पर्व इलाममा यसरी मनाइयो

पर्यटन बजार१४ श्रावण २०७६, मंगलवार मा प्रकाशित

नेवारी समुदायले मनाउने जात्रा गठे मंगल पर्व इलाममा यसरी मनाइयो

साउन १४ , काठमाडौं । नेपाल विविध सांस्कृतिक महत्व बोकेको मुलुक हो । विभिन्न जातजातीका आ–आफ्नै संस्कृति रहेको छ । हरेक श्रावण कृष्णपक्ष चतुर्दशीका दिन काठमाडौं उपत्यका लगायत मुलुकभरका नेवार समुदायले घन्टाकर्ण (गठे मंगल) पर्व मनाउने गर्छन् । सोही अनुरुप मंगलवार पनि घन्टाकर्ण पर्व मनाइँदै छ।

दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । श्रावण कृष्णपक्ष चतुर्दशीको दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ । त्यसअघि, नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीनपटक परिक्रमा गराउने परम्परा रहेको छ । धार्मिक कथन अनुसार धेरै खेतीपाती भएका नेवार समुदायका किसानहरुले कामकाजमा सहजताका लागि घरमा भूत पनछाएर बाहिर धपाउने दिनको रूपमा यस दिनलाई परपूर्वकाल देखि नै मनाउँदै आएका छन् ।तस्बिर : प्रविन श्रेष्ठ

Facebook Comment

छुटाउनुभयो कि?