पर्यटन बजार१५ बैशाख २०७६, आईतवार मा प्रकाशित
वैशाख १५, बुटवल । बालुवाटारस्थित ललितानिवास जग्गा विवादमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन नेविसंघले एक रुपैयाँ संकलन अभियान सुरु गरेको छ ।जग्गा खरिद गर्दा पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने सरकारका प्रवक्ता गोकुल बास्कोटाको भनाइलाई व्यंग्य गर्दै कांग्रेसको विद्यार्थी संगठनले रकम संकलन गरेको हो ।
नेविसंघ रुपन्देहीले संकलन गरेको ६५५ रुपैयाँ आइतबार इलाका प्रशासन कार्यालय बुटवलमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई पठाइएको केन्द्रीय सदस्य जमुना ढकालले बताइन् । सरकारी जग्गा ब्याक्तिको नाममा लैजानहरुलाई सरकारले बचाउन खोजेको भन्दै उनले भनिन्, ‘भ्रष्टलाई किन संरक्षण ?’
नेविसंघको क्षतिपूर्ति रकम बुझ्दै इलाका प्रशासन कार्यालय बुटवलका उपसचिव प्रकाशचन्द्र अधिकारीले जस्ताको तस्तै मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit