पर्यटन बजार४ भाद्र २०७७, बिहीबार मा प्रकाशित
भदौ ४,काठमाडौँ। बिहीबार देशका विभिन्न ठाउँमा थप ७ सय ७ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ।
विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ६५ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।
त्यस्तै हालसम्म मृतक १२६ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit