पर्यटकको आकर्षणको केन्द्र बन्दै राजा रानी ताल

पर्यटन बजार७ मंसिर २०७७, आईतवार मा प्रकाशित

पर्यटकको आकर्षणको केन्द्र बन्दै राजा रानी ताल

मंसिर ७ , धनकुटा । धनकुटाको चौबिसे गाउपालिकामा रहेको राजारानी बजार आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यो क्षेत्रमा पर्यटन पूर्वधारको बिकास भएसगै पर्यटकिय गन्तव्य बन्दै गएको हो ।

पर्यटकीय क्षेत्र भेडेटारदेखि नजिकै पर्ने धनकुटाको राजारानी निकै ओझेलमा परेको क्षेत्र हो तर पछिल्लो समयमा यहाँ पर्यटक आकर्षण गर्न गरिएका लगानीले यस क्षेत्रलाइ माथि उकास्न राम्रै भूमिका खेलेको छ । यहाँ रानी ताल पहिलेदेखि नै अस्तित्वमा छ भने अहिले राजा ताल पनि बनाउने प्रयत्न भैरहेको छ । यहाँ भएको रानी तालमा टावरदेखि डुंगामा सवार गर्नेसम्मका सुविधा छन् । त्यस्तै चिसो पानीमा माछा पालेर पर्यटनलाई आकर्षित गर्ने प्रयास गरिएको छ । यहाँ बोटिंग संगै फ़िसिङ्ग गर्ने अन्तरिक पर्यटक हरु पनि बढ्न थालेका छन्। कोरोना भाइरस र लक डाउन ले केहि महिना थला परेको यो ताल फेरी पर्यटक को पुनरागमन संगै हर्षित बनेको छ।

साँघुरो र कच्ची बाटोका कारण पर्यटक ले लामै समयदेखि सास्ती भोग्नु परिरहेको छ। तसर्थ सडक निर्माणका कार्य भने यहाँ भैरहेको र चाडै नै सहज हुनेमा स्थानीय वासीहरु बिश्वस्त बनेका छन्। प्रचार प्रसार को अभावमा रहेको यस तालले उचित संरक्षण र प्रचार गर्न सके यस तालले राम्रै गति लिने र आन्तरिक तथा बाह्य पर्यटक लाइ आकर्षित गर्न सक्ने देखिन्छ।

यस्तो छ धनकुटाको राजारानी तालको किंवदन्ती
चौबिसे गाउँपालिकामा चारैतर्फ रमाइला डाँडाहरूले घेरिएर रहेको सानो उपत्यका आकारको बनावट भएको ठाउँलाई राजारानी भनिन्छ । यस उपत्यकामा रहेका २ ओटा ताललाई राजारानी ताल भनिन्छ । यिनै तालको नामबाट यो ठाउँको नाम राजारानी रहेको हो । यहाँ मावरक (आमापोखरी) र पावरक (बाबु पोखरी) भन्ने २ ओटा ताल थिए । यी तालमा खदम राजा र खदम रानी भनिने शक्तिशाली राजारानी बस्ने गर्दथे । वि.सं. १८६२ मा ताल फुटेर पानी बाहिर गएपछि खदम राजा र खदम रानी पाँचथरको याङ्वरकमा गई बसेको भन्ने किंवदन्ती रहेको छ । भेडेटारबाट २० किलोमिटर टाढा रहेको राजारानी नौकाविहारको लागि आकर्षक स्थलसमेत हो ।
राजारानी क्षेत्र झापा र मोरङमा बस्ने अल्पसङ्ख्यक धिमाल जातिको उद्गम स्थल समेत मानिन्छ । धिमालहरूको उद्गम स्थल भए पनि सो क्षेत्रमा धिमालको एउटा घर पनि छैन ।

Facebook Comment

छुटाउनुभयो कि?