पर्यटकको मुख्य आर्कषणको रुपमा परिणत राइनासकोट होमस्टे

पर्यटन बजार१३ जेष्ठ २०७६, सोमबार मा प्रकाशित

पर्यटकको मुख्य आर्कषणको रुपमा परिणत राइनासकोट होमस्टे

जेठ १३, काठमाडौं । लमजुङको राइनास नगरपालिका वडा नं ९ मा रहेको ऐतिहासिक राइनासकोटमा सञ्चालन गरिएको होमस्टे यतिबेला पर्यटकको मुख्य आर्कषणको रुपमा परिणत भएको छ ।  स्थानिय माई आमा समुहकी अध्यक्ष बिष्णुमाया भन्छिन-“भुकम्प पछि नातासाको २ करोड ७५ लाख अनि स्थानियको ७५ हजार सहयोग गरि करिब ३करोड ५० लाखको लागतमा एक सामुदायिक भवन, एक सङ्राहालय अनि १४ वटा घर होमस्टेका लाही निर्माण गरिएको थियो।

पुनःनिर्माण गरिएको १४ वटा घरमा होमस्टे सन्चालान गरिएको छ। सबै घरमा गरि दैनिक ४०-४५ जना सम्म पर्यटकहरू अटाउन सक्ने क्षमता छ। हरेक घरमा ३ देखि ५ वटा सम्म कोठा छन। प्रत्येक घरमा शौचालय, नुहाउने कोठा, धारा तथा पानी ट्याङ्की स्थापना गरिएको छ। दैनिक ४५-५० जनाको हाराहारिमा पर्यटक आउने हामिहरुको होमस्टेमा हामी आफ्नै बारिमा फलेका अर्गानिक खानेकुरा पकाएर खुवाउनुको साथै खसी-कुखुराको मासु, कोदोको परिकार जस्तै रोटि, ढिंडो र कोदोको लोकल रक्सिले आतिथ्य स्वागत गर्छौं।जसबाट पर्यटक हरु निक्कै खुशी हुने कुरा होमस्टे सन्चालक खड्कबहादुर गुरुङ्गले पर्यटनबजारलाई बताए।

उनी भन्छन-“राइनासकोट र यहाँको एउटै किसिमको घरको डिजाइनले नै पर्यटकहरु आकर्षित भएका हुन।त्यसैले गर्दा पर्यटकहरुको आगमन बढ्दै गइरहेको छ।” भूकम्प प्रतिरोधात्मक घर एउटै डिजाइनमा निर्माण गरिएको छ । ग्रामीण जनजीवनसँग जोडिएर सुविधा सम्पन्न तथा पौराणिक शैलीको मौलिकता झल्कने घर बनाइएको छ । पछिल्ला दिन घरबासमा बस्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्न थालेको छ भने ऐतिहासिक स्थलको प्रचार–प्रसारका साथै आयआर्जनका लागि समेत स्थानीय बासिन्दा आकर्षित भएका छन् ।

तर कच्ची मोटर बाटोको कारणले भने अहिले वर्षा सिजन सुरु भए सङ्गै बाटो बिग्रने, पहिरो जाने , भत्कने जस्ता बिबिध कारणले गर्दा पर्यटकहरू हिउँदको तुलनामा निक्कै घट्दै गैरहेको कुरा स्थानिय बताउँछन। सरकारले यसै क्षत्रलाई ध्यान दिएर बाटोको मर्मत सुधार साथै कालोपत्रे गरिदिए यस क्षेत्रको सुन्दरता र पर्यटनमा सुनमा सुगन्ध थपे जस्तै हुनेकुरा स्थानिय होमस्टे सन्चालकहरु बताउँछन। सरोकारवालाहरुको ध्यानाकर्षणमा प्रकृतिको अनुपम सृष्टि राईनासकोटमा पर्यटन ब्यवसाय अझै फस्टाउँदै जाओस।

Facebook Comment

छुटाउनुभयो कि?