पर्यटकको रोजाइमा अन्नपूर्ण बेस क्याम्प (तस्बिरमा )

पर्यटन बजार९ मंसिर २०७६, सोमबार मा प्रकाशित

पर्यटकको रोजाइमा  अन्नपूर्ण बेस क्याम्प (तस्बिरमा )

मंसिर ९ ,काठमाडौँ।विश्वका चर्चित ट्रेकिङहरुमध्ये अन्नपूर्ण बेसक्याम्प एउटा व्यस्त ट्रेकिङ रुट हो। हरेक वर्ष हजारौं विदेशी पर्यटकहरु ट्रेकिङका लागि अन्नपूर्ण बेसक्याम्प आउने गर्छन्। आन्तरिक पर्यटकहरुको पनि आकर्षणको केन्द्रमा पर्छ अन्नपूर्ण बेस क्याम्प। काठमाडौंबाट पोखरा हुँदै अन्नपूर्ण बेस क्याम्प पुग्न सकिन्छ। अन्नपूर्ण बेस क्याम्पको सर्ट ट्रेल पोखराबाट क्युमी, झिनु डाँडा, छोम्रोङ, सिनुवा, बाम्बो, दोभान, हिमालय, माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प पुग्न सकिन्छ। यहाँ पुग्‍न चार दिन लाग्छ।हरेक वर्ष हजारौं विदेशी पर्यटकहरु ट्रेकिङका लागि अन्नपूर्ण बेसक्याम्प आउने गर्छन्।

प्राकृतिक सुन्दरताले भरिपूर्ण र जोखिममुक्त यस ट्रेकिङ रुटमा झरना र खोलाको मनोरम दृश्यावलोकलन गर्न सकिन्छ। छोम्रोङको २२ सय खुड्किला उक्लिन र झर्न थोरै गाह्रो भए पनि अन्य रुट सामान्य व्यक्तिले सहजै हिँड्न सकिन्छ।तस्बिर : अनिरुद

 

Facebook Comment

छुटाउनुभयो कि?