पर्यटकीय नगरी फेवातालमा लामो समयपछि डुंगा सञ्चालनमा

पर्यटन बजार४ आश्विन २०७७, आईतवार मा प्रकाशित

पर्यटकीय नगरी फेवातालमा लामो समयपछि डुंगा सञ्चालनमा

असोज ४, काठमाण्डौ।  पर्यटकीय नगरी पोखरास्थित फेवातालमा लामो समयपछि डुंगा सञ्चालनमा आएका छन् । लकडाउनका कारण लामो समयदेखि बन्द डुंगा २ असोजबाट सञ्चालनमा आएका हुन् । कोभिड– १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो ।

सरकारले १ असोजबाट नै डुंगा सञ्चालनको अनुमति दिएको भए पनि मर्मतसम्भारको काम बाँकी रहेकाले २ असोजबाट सञ्चालनमा ल्याएको फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए । उनले सरकारले दिएको निश्चित मापदण्डअनुसार डुंगा सञ्चालन थालेको बताए ।

डुंगामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दूरी कायम गर्नुपर्नेलगायतको मापदण्ड तयार पारिएको उनले बताए । डुंगा सञ्चालनका लागि यात्रुसँग लिने भाडासमेत नबढाइएको उनले जानकारी दिए ।

Facebook Comment

छुटाउनुभयो कि?