पर्यटक आवागमन बढाउने अन्तर्राष्ट्रियस्तरमा ‘भिजिट मधेश’ सक्रिय

पर्यटन बजार९ जेष्ठ २०७६, बिहीबार मा प्रकाशित

पर्यटक आवागमन बढाउने अन्तर्राष्ट्रियस्तरमा ‘भिजिट मधेश’ सक्रिय

 जेठ ९, काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा ‘भिजिट मधेश’ नामक संस्था सक्रिय भएको छ ।तराई/मधेशको पहिचान विश्वव्यापी रुपमा   प्रचार प्रसार गर्नका लागि वेबसाइट र मोबाइल एप समेत तयार गरिएको भिजिट मधेशका नेपाल संयोजक ओमप्रकाश सर्राफले जानकारी दिएका छन् ।

मधेशको पहिचान गराउदै पर्यटन प्रवर्द्धन गर्दै मधेशको अर्थतन्त्र बलियो बनाउने, रोजगारी सिर्जना गर्ने, तराई मधेशको २२ वटै जिल्ला जोड्दै सबै अभियान जारी रहेको सर्राफले बताएका छन् ।पर्यटनसँग सम्बन्धित संघ संस्था एवं बहु तहको सरकारसंग समन्वय एवं सहकार्य गर्दै “भिजिट मधेश नेपाल २०२०“सफल गर्ने र अभियानलाई निरन्तरता दिइने उनले बताए ।

यी सबै जिल्लामा रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरुलाई उजागर गर्दै अभियान अगाडि बढिरहेको छ ।

यसका लागि केन्द्रीय, प्रादेशिक र प्रत्येक जिल्ला जिल्लामा टिमहरु गठन गरिएको छ । नेपालमा राष्ट्रिय संयोजकको रुपमा युवा नेता तथा सामाजिक अभियन्ता सरार्फले नेतृत्व गरिरहेका छन् भने ग्लोबल कोर्डिनेटरको रुपमा अमेरिकाबाट राज सरार्फ नेतित्व गरिरहेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?