पर्यटन बजार१२ बैशाख २०७६, बिहीबार मा प्रकाशित
वैशाख १२, धादिङ । महाभारत पर्वतश्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा गाडिएको छ । पर्यटनको प्रच्युर संभावना बोकेको भूमिचुली क्षेत्रको सबै भन्दा अग्लो झण्डाचुलीमा २०३२ साथ तिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहासलाई स्मरण गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानको आयोजनामा झण्डा स्थापना गरिएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलद्वारा थाक्रे गाउँपालिका वडा नं. ३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको हो ।मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल झण्डाचुलीलाई एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको कार्यक्रमका आयोगका उपाध्यक्ष कंडेलले बताए ।
ऐतिहासिक, प्राकृतिक र धार्मिक महत्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले आफुले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।उनले भने ‘सरकारले अगाडि बढाएको समृद्ध नेपाल सुखी नेपाली अभियान बनाउन मुल संवाहकको रुपमा पर्यटनलाई महत्वपुर्ण अंगको रुपमा लिएका छौं ।’ आदिबासी जनजाती तामाङ र चेपाङको बसोबास रहेको यस क्षेत्रमा नयाँ पदमार्ग खोल्न यही वर्ष अध्ययन हुने उनले बताए ।
पाँच वटा पालिका रहेकालाई जोड्न तत्काल सडक निर्माण गर्नु पर्ने भएकाले प्रदेश सरकारलाई यसलाई प्राथमिकतामा राख्न अनुरोध गर्ने बताए । विकासका लागि स्थानीयलाई कस्सिएर लाग्न अनुरोध गरे । कार्यक्रममा धादिङ क्षेत्र नं. १ का सांसद भुमि त्रिपाठीले यस क्षेत्र हुँदै अध्ययन गर्न लागिएको चनदागिरी चेपाङहिल पदमार्गलाई गाँजा ट्रेकिङ ट्रायल नाम राख्न प्रस्ताव गरेका थिए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit