पर्यटन बोर्डका सीईओ रेग्मीले अपशव्द प्रयोग गरी होच्याउन खोजेको भन्दै टानको आपत्ति

पर्यटन बजार१५ भाद्र २०७७, सोमबार मा प्रकाशित

पर्यटन बोर्डका सीईओ रेग्मीले अपशव्द प्रयोग गरी होच्याउन खोजेको भन्दै टानको आपत्ति

भदौ १५ ,काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले अपशव्द प्रयोग गरी होच्याउन खोजेको भन्दै पदयात्रा व्यवसायीहरुको छाता संगठन टानले आपत्ती जनाउको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीको अपशव्द प्रयोग गरी हेच्याउन खोजेको भन्दै पदयात्रा व्यवसायीहरुको छाता संगठन टानले आपत्ती जनाएको छ ।

टानले रेग्मीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने टानले माग गरेको छ ।  केही दिन अघि एक संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा रेग्मीले पदयात्रा तथा हिमाल आरोहणसम्बन्धी व्यवसायी एवम् मजदुरप्रति लक्षित गर्दै अपशब्द प्रयोग गरेको, तल्लो स्तरको भाषा प्रयोग भएको भन्दै टानले आपत्ती जनाएको हो ।

‘पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी र पर्यटन मजदुरलाई अविश्वासनीय तरिकाले हेर्ने, एकदमै तल्लो स्तरको भाषा प्रयोग गर्ने, हेप्ने तथा होच्याउने जस्ता भाषा, प्रस्तुति र शैलीसहित शब्द र भनाइहरु नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवार पदमा रहनुभएका पदाधिकारीबाट व्यक्त भएकोमा टानको गम्भीर ध्यानाकर्षण भएको अवगत गराउँछौं,’अध्यक्ष खुमबहादुर सुवेदीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

सीईओ रेग्मकोे भनाई तथा विचारहरुलाई टानले पूर्ण रुपमा घोर भत्र्सना गर्दै गरेको विज्ञप्तीमा उल्लेख छ ।  कोरोना संक्रमणबाट तहसनहस भएको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर पुनरुत्थानका कार्यक्रमहरु कार्यान्वयनमा ल्याउनु पर्ने जिम्मेवार निकायका पदाधिकारीले दिएको अभिव्यत्ति गैरजिम्मेवार पूर्ण भएको टानको ठहर छ ।

अन्तर्वार्तामा रोग्मीले पदयात्रा तथा पर्वतीय पर्यटन संबद्ध व्यवसायीहरु लक्षित प्रश्नको जबाफमा उनले ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रलाई इंगित गर्दै कम्पनीले कम्ती १० जनालाई रोजगारीसम्म नदिएको, आफ्नै परिवार सदस्य दाजुभाई मिलि काम गरेको, ट्याक्स नतिरेको र झोलामा राखेर कम्पनी चलाएको जस्ता पर्वतीय पर्यटन आवद्ध व्यवसायी र मजदुरहरुलाई अपमानजन्य तरिकाले होच्याउदै उनीहरु राहतको लागि अयोग्य रहेको तर्फ संकेत गरेका थिए ।

No description available.

Facebook Comment

छुटाउनुभयो कि?