पर्यटन ब्यापार लगायतका प्रस्ताब लिएर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

पर्यटन बजार२६ बैशाख २०७६, बिहीबार मा प्रकाशित

पर्यटन ब्यापार लगायतका प्रस्ताब लिएर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

बैशाख २६,काठमाडौँ। नेपालको पर्यटन लगायतको महत्वपुर्ण प्रस्तावहरु लिएर प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा निस्किएका छन् । भियतनाम र कम्बोडियाको साता व्यापी (बैशाख २६ देखि जेठ १) भ्रमणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनी भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् प्रधानमन्त्री ओली ३ दिन भियतनाम र त्यसपछिका २ दिन कम्बोडियाको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको टोलीमा करिब ४५ जना रहने छन् ।

भियतनाममा ओलीले भियतनामी समकक्षी गुयन सुआन फुकसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्रालयका अनुसार उनले त्यहाँको संसद् ‘नेसनल एसेम्बली’का अध्यक्षसँग भेट्नुका साथै भियतनामी प्रधानमन्त्रीले ओलीको सम्मानमा रात्री भोजको आयोजना दिनेछन् ।

भ्रमणकै क्रममा ओलीले बुद्धको सम्मान र सम्झनामा आयोजना गरिने अन्तर्राष्ट्रिय बेशाक दिवसको सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै उनले होची मिन्ह राष्ट्रिय राजनीतिक प्रतिष्ठान र नेपाल—भियतनाम व्यापार मञ्चलाई समेत सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा.राजन भट्टराईका अनुसार भ्रमण भियतनाम र कम्बोडियासँग द्विपक्षीय सम्भावनाको खोजी गर्नमा केन्द्रीत हुनेछ ।

Facebook Comment

छुटाउनुभयो कि?