पर्यटन र नेपाल

पर्यटन बजार२२ बैशाख २०७६, आईतवार मा प्रकाशित

पर्यटन र नेपाल

बैशाख २२, काठमाडौ विनायक पन्त। नेपाल भने पछि पर्यटकहरु कुनै समयमा मरिहत्ते गर्दथे। उनिहरुमा एक प्रकारको भिन्न उत्सुकता हुने गर्दथ्यो जुन हाम्रा प्राकृतिक,साँस्कृतिक, धार्मिक सम्पदाले उत्सर्जन गराईदिन्थे। आँखिर हाम्रो देश नेपाल छ नै यति सुन्दर र अनुपम ! आफ्ना बिदामा नेपालमा टहलिन पाउनु उनिहरुको भाग्यनै बनिदिन्थ्यो। सन्सारका विभिन्न कुना बाट हाम्रो देशमा घुम्न आउने पर्यटकहरु साँचिकै हाम्रो आर्थिक मेरुदन्ड थिए।

तर समय एकैनास चल्न सकेन। बिस्तारै पर्यटकहरु घट्न थाले। परिमाण स्वरुप नेपालको पर्यटन मात्रै होइन आर्थिक बिकासमा पनि नराम्रो असर झल्किन थाल्यो। काठ्मान्डौ सन्सारमा मन्दिरै मन्दिरको शहर भनेर चिनिन्थ्यो। जुन आज पनि चिनिन्छ नै। तर पनि स्थानीय सरकार अनि सरोकारपक्ष वालाहरुको लापरबाहीका कारण आज भुकम्प ले भत्काएको ३ बर्ष बितिसक्दा पनि भत्किएका संरचनाले उचित ब्यवस्थापन पाउन सकिरहेका छैनन। पुन:निर्माण को समितिको ध्यानाकर्षण हुन नसक्दा आज हाम्रा कयौं सम्पदाहरु पैदल यात्रुहरुको पैताला सङ्गै बेथिती सङ्ग लडिरहेका छन।

भत्किएका मध्य थोरै संरचनामात्र पुन:निर्माण हुँदा के त्यसले पर्यटनलाई धरापमा नपार्ला? देशकै पुरानो धरोहर, सम्पुर्ण नेपालिको चिनारी हाम्रो आस्था धरहरा महाभुकम्प २०७२ मा दुख दायी क्षती भएपछाडी भने भर्खर मात्रै पुन:निर्माणमा ठडिन लागेको छ। तर त्यसकै नजिकै रहेको अर्को सम्पदा रानिपोखरी भने नाम मात्रैले चिनिदै आएको छ। भुकम्प पछाडी रित्तिएको पानी आज सम्म पनि भरिन नसक्दा खिन्न अनि भिन्न देखिंदै आएको छ। रानी पोखरि। पटक पटक सम्म पनि बनाउने टेण्डर पाएका ठेकेदार हरुको लापरबाही ले गर्दा तोकिएको समयमा काम सकिन पाएको छैन। कुनै समय पानीले भरिभराउ देखिने रानिपोखरिलाई सरोकारवाला हरुले आबश्य ध्यान नदिँदा आज पोखरिमा पानीको सट्टा किरा,फट्याङ्रा,भ्यागुता र फोहोरले भरिभराउ देखिन्छ।

आखिर पर्यटकलाई के को वास्ता ती पोखरिका किराफट्याङ्ग्रा र भ्यागुता को? यी त प्रतिनिधि पात्र मात्र हुन।

राजधानिमै त यस्तो बेवास्ता गरिएको छ भने देशका अन्य भौतिक तथा प्राकृतिक सम्पदा हरुको हालत के होला? पर्यटनले भरसक टेवा पुग्दै आएको हाम्रो आर्थिक समृद्धि के अब पनि यस्तै लापरबाहीले टेवा पुर्याउला त? सन २०२० लाई पर्यटन बर्षका रुपमा मनाउन तत्कालिन पर्यटन मन्त्री स्व. रबिन्द्र अधिकारिको योजनालाई मुर्त रुप दिलाउन आबश्यक पुर्वाधारहरुको बिकास गर्नु त परको कुरा हाम्रा पुरानै पुर्वाधार को पनि उचित ब्यस्थापन हुन नसक्दा हाम्रो पर्यटन धरापमा परेको देखिन्छ। तसर्थ सरोकार वाला हरुको उचित पहलमा सेलाउँदै गएको हाम्रो पर्यटनलाई पुन मुर्त रुप दिलाउन सबैले कम्मर कसेर लागौ।

अतिथि देबो भव: परा पुर्ब देखि चलिआएको चलनलाई हामी पनि फेरि निरन्तरता दिँदा कसो होला। हाम्रा आफ्नै संकृती छ्न। हाम्रा आफ्नै परम्परा रिति रिवाज ले पर्यटकको मन कसरी नतान्ला र? आखिर बिगतमा पनि तानिराखेकै त थियो । १ लाई १० बनाउन अनि १० लाई १०० बनाउन हाम्रो आतिथ्यले कसो सहयोग नगर्ला र?

आखिर हाम्रो नेपाली आतिथ्यलाई सन्सारभरका लाखौ पर्यटकले नरुचाएका कहिले थिएनन्। पर्यटकलाई चाहिने आबश्यक पुर्वाधारको बिकास सङ्गै हाम्रा सस्कृती, सम्पदाको जगेर्ना गर्न सके कसो हांस्न नसकिएला र? गरे स्वदेशमै सम्भब छ। यदि देशमै पर्यटनको कायापलटले रोजगारी सिर्जना गर्न सक्यो भने किन खाडिको तातो भुङ्रोमा युवा हरुलाई धकेल्नु? स्वदेशमै केही गर्न हुँदैन र ? सबै जना हातेमालो गरेर पर्यटनलाई हाम्रो निजि, सामुदायिक अनि राष्ट्रिय पेशा बनाउं त कसो देशले काँचुलि नफेर्ला र? सबै नेपाली मिलेर आफू पनि देशका कुना काप्चा घुम्दै बिदेशी पर्यटकलाई घुमाउँदै देश बिकासमा जुटौ त अनि जाउँला बिदेश तर कामको लागि हैन घुम्न नै जाउँला। त्यसैले पहिले देश अनि विदेश भन्ने नारालाई अवलम्बन गरौँ !

 

Facebook Comment

छुटाउनुभयो कि?