पर्यटन बजार१६ फाल्गुन २०७५, बिहीबार मा प्रकाशित
फागुन १६, काठमाडौँ। ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव लिन राजधानीको शिक्षण अस्पतालमा गाडी पुगेको छ। शेर्पाको शव लिन पुगेको गाडी बौद्ध परम्पराअनुसार सजाइएको छ।
सुकेटार विमानस्थलबाट शव काठमाडौं ल्याइसकेको छ। त्यहाँबाट शव शिक्षण अस्पताल लगिने भएको छ। शेर्पाको भोलि टेकुमा दाहसंस्कार गरिने परिवार जनले जनाएको छ।
बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको थियो।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit