पर्यटन बजार१९ फाल्गुन २०७५, आईतवार मा प्रकाशित
फागुन १९ ,काठमाडौं । पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो । यो मन्दिर यस संसारमा रहेका २७५ शिवको पवित्र स्थान मध्ये एक मानिदै पनि आएको छ । पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ ।
त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन् । साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल तथा अखाडा पनि रहेका छन् । यस मन्दिलार्इ दर्शनकै निमित्त संसारको विभिन्न देशहरूबाट दैनिक हजारौँ भक्तजनहरूको घुंइचो लाग्ने गर्दछ ।
जन्मदेखि मृत्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरू फेला परेका छन् जुन यस प्रकार रहेका छन् ।
१. मन्दिमा गैर हिन्दुलाई प्रवेश निषेध
यो मन्दिरमा केवल हिन्दु धर्म मान्नेहरू मात्रै प्रवेश गर्ने गरेका छन् । यो मन्दिर हिन्दुहरूको पवित्र तिर्थस्थल मानिएकोले यहाँ गैर हिन्दुहरूलार्इ प्रवेश निषेध गरिएको छ । हिन्दुहरूले मात्र यहाँ पुजाआजा , आरती, भजन जस्ता क्रियाकलापहरूमा भाग लिन पाउनेछन । जस्तोसुकै महत्वपूर्ण व्यक्तीहरू किन नहुन् तर उनिहरू गैर हिन्दु भएमा उनिहरूलार्इ समेत प्रवेश निषेध गरिन्छ । त्यसैले आज पनि कैयौ विदेशी पर्यटकहरू उक्त मन्दिरको बाहिरबाटै शिर निहुराएर निस्कने गरेका छन् । कुनै एक समयमा भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी पशुपतीनाथ मन्दिरको दर्शनकालागि आएका थिए उनको साथमा सोनिया गान्धी पनि रहेकी थिइन् । दर्शन गर्ने समयमा राजिव गान्धीलार्इ भित्र प्रवेश गर्न दिएपनि सोनियालाई बाहिरै रोकीएको थियो । किनकी सोनीया गान्धी हिन्दु थिइनन् ।
२. प्रतिक्षालयको नाम यसरी भयो ब्युटीफुल प्यालेस
विश्वको विभिन्न राष्ट्रहरूबाट आउने पर्यटकहरूलाइ सहज होस् भन्ने मनसायले स्थापना गरीएको प्रतिक्षालय नै अहिले ब्युटीफुलको नामले प्रचलित छ । त्यो स्थानको नाम कसरी ब्युटीफुल रहन गयो रु गैर हिन्दुहरूलार्इ मन्दिर भित्र प्रवेशमा प्रतिबन्ध लगाएपछि मन्दिरको ठीक अगाडी बनाइएको प्रतिक्षालयको नाम ब्युटीफुल रहन गयो । साँझको समयमा आरती गर्दा र दियोहरू बाल्दा मन्दिर परिसर झिलिमिली भई बाहिरी स्थान सजिन पुगेको प्रतिक्षालयबाट नजारा गरिरहेका पर्यटकहरूले सोही दृश्यलार्इ ब्युटिफुल भन्दै तारिफ गरेपछि त्यस स्थानको नाम आज सम्म पनि ब्युटीफुल रहन गएको हो ।
३. मुख्य पुजारी भारतकै हुन्छन् किन र?
जब नेपालमा लोकतन्त्र स्थापना भई तत्कालिन माओवादीको नेतृत्वमा सरकार गठन भयो त्यो बेला देखी नै पशुपतिनाथ मन्दिरमा रहेका पुजारीको विषयमा चर्को बहस भएको थियो । सोही बेलामा भारतीय पुजारी हटाएर नेपाली मुख्य पुजारी समेत सरकारले निर्णय गरेर नियुक्ती गरेको थियो तर पूजारी नियुक्ती गरेकै विषयलार्इ लिएर नेपालीहरू आन्दोलनमा उत्रिनुका साथै चौतर्फी विरोध भएपछि सरकारले आफ्नो निर्णय सच्चयाउंदै पुनः भारतीय पुजारी नै नियुक्ती गरेको थियो र सोही निर्णय आज सम्म पनि कार्यान्वयनमा चली आएको छ ।
४. मुख्य पुजारीको तलब कती ?
मन्दिमा पुजा गर्ने मुख्य पुजारीहरूको तलब कती भन्दा हामी यस्तै १० या २० हजार भनेर सजिलै अनुमान लगाउन सक्छौ तर पशुपतिनाथ मन्दिरमा रहेका मूख्य पुजारीको मासिक तलब मात्रै २ लाख ३५ हजार रहेको छ । यति मात्रै नभएर मुख्य पुजारीको खाना देखी शुरक्षा सम्म राज्यले सबै बन्दोबस्त गरि राखेको पाइन्छ । यहाँ सम्मकी मुख्य पुजारी संगंसंगै रहेका तीन सहायक पुजारीहरूको मासिक पारिश्रामिक पनि ६० हजार माथी तोकीएको छ ।
५. ११ सय देखी २५ लाख सम्मको पुजा
कुनै धार्मिक कार्यकालागि आवश्यक पुजा गर्न पशुपतिमा आउने भक्तजनहरूका लागि विशेष दररेट सावर्जनिक गरिएको हुन्छ उक्त रेटमा भक्तजनहरूले आफ्नो हैसियत अनुसारको पुजा गराउने गरेको पाइएको छ । पशुपतीनाथ मन्दिरमा अहिले पनि इच्छा अनुसारको पुजा गराउने गरेका छन् । त्यहाँ सबै भन्दा कम ११ सय र बढीमा २५ लाख सम्मको पुजा हुने गर्दछ । त्यसरी जम्मा भएको रकम पूजारीहरूले केही प्रतिशत कमिसन लिने गरेका छन् ।
६. दुइ प्रकारले हुन्छ पुजा
पशुपतीनाथ मन्दिमा अहिले पनि दुर्इ तरिकाबाट पुजा हुने गरेको छ । एक वैदिक पद्धति र अर्को तान्त्रिक पद्धति दुबै पद्धतिको पुजा गरेपनि त्यसको कुनै तस्बिर एवं भिडियो निकाल्न प्रतिबन्ध लगाइएको छ । त्यसका लागि मन्दिरको पुजा स्थलमा कुनै क्यामेरा या मोबाइल प्रवेश गर्न शुरक्षाकर्मीहरूले रोक लगाएका छन् ।
७. पुजामा प्रयोग हुने चन्दन पनि भारतबाटै आउंछ
दैनिक हजारौँको संख्यामा आउने भक्तजनहरूले गर्ने पुजा(आजामा प्रयोग हुने चन्दन भारतबाटै आयात हुने गरेको छ । उक्त चन्दन भारतको महाराष्ट्रबाट आयात हुने काठबाट उत्पादन हुँदै आएको छ ।
८. दैविक शक्ति रहेको आम जनमानसको धारणा
वि।सं। २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रबिन्दु बनाई गएको ७।८ रेक्टर स्केलको महाभूकम्पमा पनि पशुपतिनाथको मूल मन्दिर सुरक्षित रहेको देखियो भने मन्दिर परिसर बाहिरका साना मन्दिरमा थोरै क्षति पुगेको देखियो । त्यसको २ वर्ष अगाडि पनि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो ।
९. जमिन खन्दा शिवलिंग प्रकट
पशुपतिनाथ मन्दिरमा सदैब शिवजी भगवानको वास रहेको किम्बदन्ती कायमै छ । धेरै पटक मन्दिरको आसपासमा साना मन्दिहरू निर्माणको क्रममा जमिन खन्दा थुप्रै शिवलिंगहरू निस्किएको र त्यहाँ शिव शक्ति प्रकट हुने गरेको पनि भक्तजनहरूको भनाइ छ ।
१०. मन्दिरमा कामधेनूको बास
पौराणिक कथाअनुसार, नेपालमा पर्ने चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर बसेकी थिइन् । कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने गर्थिन् । यसरी हजारौँ वर्षसम्म पनि कामधेनु गाईले सो ठाउँमा दूध चढाउन थालेपछि एकदिन त्यहाँ वरिपरिका मानिसहरूले के रहेछ भनि खन्दा एउटा सुन्दर चमकदार शिवलिङ्ग भेटेका थिए । त्यसपछि उनीहरूले सो शिवलिङ्गलाई पुजा गर्दै आएका थिए । त्यसैले त्यस स्थललाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास गरिन्छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit