पश्चीम ठमेल पर्यटन परिषदद्धारा घरभाडामा ५० प्रतिशत छुट दिन आग्रह

पर्यटन बजार१७ असार २०७७, बुधबार मा प्रकाशित

पश्चीम ठमेल पर्यटन परिषदद्धारा घरभाडामा ५० प्रतिशत छुट दिन आग्रह

असार १७, काठमाडौं।पश्चीम ठमेल पर्यटन परिषदले विश्वभर फैलिरहेको कोरोना भाइरस को महामारीले जनजीवन,व्यापार व्यवसाय लगायत सम्पूर्ण क्रियाकलापहरुलाई अत्यन्त असर परिरहेको भन्दै घरधनिहरलाई १ बर्ष सम्म घरभाडाको ५० प्रतिशत छुट दिन आग्रह गरेको छ ।

गत चैत्र १२ देखी भएको लकडाउनबाट कुनै ब्यापार ब्यबसाय नभएको भन्दै अझ लकडाउन जारी रहेकाले करीब १ बर्ष सम्म घरभाडामा छुटदिन संस्थाले बिज्ञप्ती माफर्त आग्रह गरेको हो ।

घरधनी र व्यवसायी बीच आपसी सम्झौता जस्तो सुकै भएता पनि, घरभाडा नबढाउन घरधनिहरुलाई अपिल समेत गरीएको छ । कोभिड १९ का कारण धारायशी बनेको पर्यटन र पर्यटनसंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिने पश्चिम ठमेल लगायतका सम्पूर्ण पर्यटकीय व्यवसाय तथा व्यवसायीहरुलाई जोगाउन घरधनिहरु र व्यवसायीहरुको सुमधुर सम्बन्ध राख्नको लागि कोसेढुंगा साबित बन्नेमा समेत सबैघरधनी माहानुभावहरुमा बिज्ञप्ती मार्फत अपिल गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?