पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पर्यटन बजार२६ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भदौ २६,काठमाण्डौ। पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ स् १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् । रासस

Facebook Comment

छुटाउनुभयो कि?