पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्‍चालनमा

पर्यटन बजार११ भाद्र २०७७, बिहीबार मा प्रकाशित

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्‍चालनमा

भदौ ११, काठमाडौं – नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  आज बिहान सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।

आज बिहान ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा सुख्खा पहिरो खसेको थियो ।

पहिरो पन्छाएरपछि पौने १० बजेटबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो झरिरहदा तत्काल पहिरो पन्छाउन समस्या भएको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?