पर्यटन बजार२१ चैत्र २०७५, बिहीबार मा प्रकाशित
चैत २१, काठमाडौं । पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा नयाँ कार्यसमिति चयन भएको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन “पाटा” नेपाल च्याप्टर अन्तर्गत स्थापित पाटा नेपाल स्टुडेन्ट च्याप्टर पाटा नेपालमा आबद्ध हस्पिटालिटी तथा पर्यटन शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको साझा मञ्च हो,
चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पब्लिक यूथ क्यामप्समा अध्ययनरत बीटीटीएम छात्र सुरेन्द्र न्यौपाने को अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो। यसले विद्यार्थीहरूलाई पर्यटन क्षेत्रसँगको निकट आबद्धता, सम्बन्ध विस्तार, ज्ञान, शिप तथा दक्षता अभिवृदिमा काम गर्दै आएको छ।
स्टुडेन्ट च्याप्टरको नयाँ कार्य समितिमा अध्यक्ष सुरेन्द्र न्यौपाने (पब्लिक यूथ) प्रथम उपाध्यक्ष(पुकार भण्डारी,क्याथ), द्वितिय उपाध्यक्ष(जुबी छुस्याबागा,एनसीटीटीएम), सचिव(जिग्मे लामा, मिड भ्याली), सहसचिव( श्रध्दा के सी ,क्याथ), कोषाध्यक्ष( सृष्टी श्रेष्ठ ,नाथम), सहकोषाध्यक्ष (सनिश लाल श्रेष्ठ ,सिल्भर माउन्टेन ) लगायत कार्यकारी सदस्यहरुमा रिजा ब्यन्जनकार नाथम), निक्सल राइ आईएसटी), मनिस बज्रचार्य , आईएसटी), सबिता छेत्री ,मिड भ्याली ), रूपक दुलाल ,गेट वे), सम्झना ढकाल ,मिड भ्याली ), प्राञ्जल भट्टराई ,गेट वे), सोनिया तिवारी ,पब्लिक यूथ), बिना लामिछाने ,एनसीटीटीएम) चयन भएका छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit