पर्यटन बजार६ बैशाख २०७६, शुक्रबार मा प्रकाशित
वैशाख ६, काठमाडौं । बालुवाटारको जग्गा रोक्का नगरेको र संचारमन्त्रीले जनतालाई झुट सम्प्रेषण गरि गुमराहमा राखेको भन्दै पुनरुत्थानवादी शक्ति नेपालले संचारमन्त्रीको राजिनामा माग गरेको छ । आज एक बिज्ञप्ति जारी गर्दै पुनरुत्थानवादी शक्ति नेपालले ठगिको जग्गा किन्ने अपराध कर्म गर्ने सत्ताधारी पार्टीका महासचिव बिष्णु पौडेललाई जेलहाल्नुको सट्टामा क्षतिपूर्ति दिने जस्ता सांघातिक कार्य गरेकाले एक मिनेट पनि पदमा रहन अयोग्य ठहरिएको बताएको छ ।
“अतिक्रमण भएका अरु १८०० रोपनि काठमाडौंका अमुल्य जमिनको सोधखोज गरि सरकारको नाममा फिर्ता गर्नु पर्नेमा सुचना लुकाउने र माफिया सरंक्षण गर्ने र बालुवाटारको जग्गा रोक्का नगराई अलमल गर्दै माफियालाई फाइदा पुर्याउने कर्तुत गर्ने भुमि ब्यवस्था मन्त्रीको पनि राजिनामा यथासिघ्र दिइयोस् ” बिज्ञप्तिमा उल्लेख छ ।
पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखर जंग रायमाझीले यस्ता अपराध कर्म जारी राखेमा यो सत्ताको बिरुद्ध जनतालाई सडकमा उतारेर अपदस्त गरिदिने चेतावनी दिएका छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit