पुर्वराजा ज्ञानेन्द्र शाहको लगानी रहेको होटलको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने

पर्यटन बजार३ बैशाख २०७६, मंगलवार मा प्रकाशित

पुर्वराजा ज्ञानेन्द्र शाहको लगानी रहेको होटलको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने

वैशाख ३, काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहको समेत लगानी रहेको नेपालगन्जस्थित सोल्टी होटलको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन्। वैशाख ३ गते आयोजना हुने विशेष समारोहबीच होटलको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटन लागि विशेष सुरक्षा व्यवस्थासहित भव्य तयारी गरिएको छ। प्रमुख अथिति प्रधानमन्त्री ओली भन्दै निमन्त्रणा कार्डसमेत वितरण गरिएको छ। मंगलबार हेलिकप्टरमा प्रधानमन्त्री ओली त्यहाँ जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ। 

संचालनमा आएको यो होटेलमा ज्ञानेन्द्र पटकपटक गएर बसिसकेका छन्। त्यहाँ रहेर पूर्व राजा ज्ञानेन्द्रले राजनीतिक परामर्शसमेत गर्दै आएका थिए। काठमाडौंमा होटल सोल्टी क्राउनप्लाजा सञ्चालन गरिरहेको सोल्टी होटल लिमिटेडकै लगानीमा नेपालगन्जमा उक्त होटल सञ्चालनमा आएको हो।
 
बाँकेको नेपालगन्ज उपमहानगरपालिका भुजई गाँउमा सन् २०१४ देखि निर्माण सुरु भएको उक्त होटलको नेपाली कम्पनी हिमालयन बिल्डर्सले भौतिक निर्माणको काम गरेको थियो । होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काका अनुसार उक्त होटलमा स्वीट रूमसहित कुल ८४ कोठा रहेका छन्।

Facebook Comment

छुटाउनुभयो कि?