पूर्वसभामुख महराकी पत्नी सीताको निधन प्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

पर्यटन बजार१९ कार्तिक २०७७, बुधबार मा प्रकाशित

पूर्वसभामुख महराकी पत्नी सीताको निधन प्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधनबाट अत्यन्त दुःख लागेको बताएका छन् । उनले सीताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महरा परिवारमा समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ । म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

Facebook Comment

छुटाउनुभयो कि?