पर्यटन बजार१७ चैत्र २०७५, आईतवार मा प्रकाशित
चैत १७, काठमाडौँ । पूर्वी नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दमकबाट इलाम जाँदै छन् । शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको पूर्वराजाका प्रेस संयोजक फणि पाठकले जानकारी दिए । उनी त्यहाँ केही दिन व्यस्त हुने बताइएको छ ।
भ्रमणका क्रममा शाह इलामबाट चैत १८ पाँचथरको फिथिम जानेछन् । त्यसैगरी, १९ गते बिहानीपख फिदिम गढीमाइको दर्शन गर्ने र त्यहाँबाट इलाम फर्किएर २० गते इलाम नै बस्ने त्यसपछि २१ गते बिहान इलामको माइ मन्दिरको दर्शन गरेर दमक फर्किने कार्यक्रम तय भएको छ ।
यसपटक पूर्वराजा पूर्वरानी कोमल शाहलाई छाडेर एक्लै इलाम यात्रामा लाग्नेछन् । पूर्वराजा तराईमा रहँदा नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पूरीलाई भेटेपछि सनसनी मच्चिएको छ ।
उनले मठ मन्दिरको दर्शन गर्नुका साथै समर्थकहरुसँग पनि भेटघाट गर्ने तय भएको बताइएको छ । यसअघि फागुन २९ देखि चैत ३ गतेसम्म पूर्वराजाले मधेसका विभिन्न जिल्लाको भ्रमण गरेका थिए । पूर्वराजा जहाँ जाने गरेका छन् त्यहाँका स्थानीय राजावादीहरुले ‘राजा आउ देश बचाउ’ को नारा लगाउने गरेका छन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit