पोखराको विन्ध्यवासिनी मन्दिरमा जानुहोस लिफ्ट चढेर

पर्यटन बजार२३ फाल्गुन २०७५, बिहीबार मा प्रकाशित

पोखराको विन्ध्यवासिनी मन्दिरमा जानुहोस लिफ्ट चढेर

फागुन २३, काठमाडौँ । पोखराको विन्ध्यवासिनी मन्दिरमा लिफ्ट चढेर जान पाइने भएको छ। लिफ्टको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन कार्यक्रम रहेको छ। हुण्डाइ मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा निर्माण भएको लिफ्ट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

विन्ध्यवासिनी दर्शन गर्न आउने भक्तालुलाई मन्दिर जान सजिलो होस् भनेर लिफ्ट सेवा सुरू गरेको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।

‘विशेषगरी अपांग, बुढाबुढी र धेरै तौल भएका भक्तालुलाई मन्दिर जान गाह्रो छ,’ उनले भने, ‘यसबारे अरु विकल्प पनि सोचिएको थियो। तर, भौगोलिक बनावटको हिसाबले लिफ्ट नै उत्तम विकल्प हो भन्ने निष्कर्षमा पुगेर लिफ्ट सेवा सुरू गर्न लागेका हौं।’

लिफ्ट करिब १ करोड लागतमा निर्माण भएको उनले जानकारी दिए।

Facebook Comment

छुटाउनुभयो कि?