असोज १, विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना संक्रमण बाट मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि बिहीबार घिमिरे संक्रमणमुक्त भएका हुन् ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री घिमिरेलाई१५भदौमा कोरोना पोजेटिभ देखिएको थियो ।