प्रधानमन्त्री ओलीको प्रश्न , ‘वाइड बडीको कारोबार , बालुवाटार र खुलामञ्चको जग्गा अतिक्रमण अहिले भएको हो ?

पर्यटन बजार२४ बैशाख २०७६, मंगलवार मा प्रकाशित

प्रधानमन्त्री ओलीको प्रश्न , ‘वाइड बडीको कारोबार , बालुवाटार र खुलामञ्चको जग्गा अतिक्रमण अहिले भएको हो ?

बैशाख २४ , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार र खुलामञ्चको जग्गा अतिक्रमण आफ्नो सरकारको पालामा नभएको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने ‘बालुवाटार पनि बिकेछ भनेको सुन्छु यो सरकारले हो?,’ प्रधानमन्त्रीले प्रश्न गरे, ‘अहिले त बालुवाटारको जमिनको समस्या खोजी हुँदै छ। छानबिन हुँदैछ।’

प्रधानमन्त्रीले देशमा भ्रष्टाचार बढ्यो भन्नेहरूलाई पनि जवाफ दिए। ‘वाइड बडीको कारोबार यो सरकारले गरेको हो?,’ उनले भने, ‘के भएको हो छानबिन हुँदै छ।’ त्यस्तै उनले बसपार्क हरायो , खुल्लामंच मिचियो भन्ने कुरामा उत्तर दिँदै खुल्लामंच पहिले नै मिचिएको र त्यसलाई आफुहरुले फिर्ता ल्याउने  गरिरहेको बताए ।

Facebook Comment

छुटाउनुभयो कि?