प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न आग्रह

पर्यटन बजार१६ असार २०७७, मंगलवार मा प्रकाशित

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न आग्रह

असार १६, काठमाडौं।सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न आग्रह गरेका छन् ।

ओलीले आइतबार भारत र नेपालकै नेताहरुले मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको दाबी गरेका थिए । यसलाई लिएर नेकपाकै नेताहरुले ओलीमाथि प्रश्न गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।

एक नेता भन्छन्, ‘पछिल्लो अभिव्यक्तिपछि उहाँले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाउनु भयो । अब मार्ग प्रशस्त गर्नुस् भनेर वरिष्ठ नेताहरुले राख्नुभएको छ ।’

अरु स्थायी कमिटी सदस्यले पनि त्यही धारणा राखेको उनले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?