प्रधानमन्त्री ओलीले गरे पुनर्निमाण भइरहेको त्रिपुरासुन्दरी मन्दिर र बसन्तपुर क्षेत्रको अवलोकन

पर्यटन बजार१२ बैशाख २०७६, बिहीबार मा प्रकाशित

प्रधानमन्त्री ओलीले गरे पुनर्निमाण भइरहेको त्रिपुरासुन्दरी मन्दिर र बसन्तपुर क्षेत्रको अवलोकन

वैशाख १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको उद्घाटन गरेका छन् । ओलीले पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरीक्षण गर्ने क्रममा मन्दिरको उद्घाटन गरेका हुन् ।

उनले पुनर्निर्माण प्रधाकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन  निर्देशन दिएका छन् ।सम्पदा पुनर्निर्माणको अवलोकनपछि प्रधानमन्त्री ओलीले काष्टमण्डपमा राखिएको आगन्तुक पुस्तिकामा सम्पदा पुननिर्माणको कामबाट आफू खुशी रहेको बताए ।

‘पुनर्निर्माण समिति अर्थात यसको नेतृत्व र समग्र टिमको उत्साह र आत्मविश्वास हेर्दा खुशी लाग्यो’ उनले लेखेका छन् ‘ प्रगति सन्तोषजनक छ, लगभग आगामी १८ महिनाजसोमा निर्माण कार्य सम्पन्न गर्ने अठोट सुन्दा खुशी लाग्यो ।’

पुनर्निर्माणका क्रममा पाँचौं शताब्दीको काठ प्रयोग हुन सक्ने अवस्थामा भेटिएको र उपयोग गरिएको सुन्दा आश्चर्यमिश्रित खुशी लागेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि सम्पदा पुनर्निर्माणको अवलोकन गरेका थिए ।

 

Facebook Comment

छुटाउनुभयो कि?