प्रधानमन्त्री ओली पहिलो पटक निगमको विमानबाट विदेश भ्रमण गर्दै

पर्यटन बजार२५ बैशाख २०७६, बुधबार मा प्रकाशित

प्रधानमन्त्री ओली पहिलो पटक निगमको विमानबाट विदेश भ्रमण गर्दै

बैशाख २५,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली ध्वजा बाहक एयरलायन्समार्फत कम्बोडिया र भियतनामको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पहिलो पटक निगमको चार्टर विमानमार्फत विदेश भ्रमण गर्न लागेका हुन् ।

सो विमानका लागि प्रति घण्टा करिब १५ सय डलर भाडा तोकिएको बताइएको छ । विगतमा निजि एयरलायन्सको विमान चार्टड गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले यस पटक राष्ट्रिय ध्वजावहाक विमान प्रयोग गर्न लागेका हुन् । यसलाई सकारात्मक रुपमा लिइएको छ ।

प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको न्यारोबडी विमान एयरबस ३२० बाट बैशाख २६ भियतनाम प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा ३५ जना रहने छने । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सो भ्रमणमा जाने छन् । भियतनामबाट कम्बोडिया जाने कार्यक्रम छ । १ जेठमा प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले २९ बैशाखमा भितयनाममा मनाइने बैशाख दिवसको अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी कम्बोडियाका प्रधानमन्त्रीको निमन्त्रणामा ओली प्रस्थान गर्न लागेका हुन् । १९७५ मा नेपाल र कम्बोडियाबीच दौत्य सम्बन्ध स्थापना भएको हो ।

Facebook Comment

छुटाउनुभयो कि?