प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच बैठक , यी बिषयमा भयो छलफल

पर्यटन बजार२१ चैत्र २०७५, बिहीबार मा प्रकाशित

प्रधानमन्त्री र सातै प्रदेशका  मुख्यमन्त्रीबीच बैठक , यी बिषयमा भयो छलफल

चैत २१, काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली र सात वटै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा  छलफल भएको छ । विकास निर्माण, आर्थिक अनियमितता, कर्मचारी अभाव र संघ प्रदेश समन्वयमा देखिएका समस्याका विषयमा प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन्।

 बैठकमा मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशको रिर्पोटिङ गरेका छन् । छलफलमा सहभागी कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  प्रधानमन्त्रीले वित्त व्यवस्थापन  र  छिटोछिटो विकास गर्ने विषयमा पनि  मुख्यमन्त्रीसँग छलफल गरेका छन्।

‘खोला भएको ठाउँमा पुल हाल्नु पर्छ नेता भएको ठाउँमा होइन। पुरानो तरिकाले विकास गरेर भएन। छिटो विकास हुने गरी काम गर्नुपर्छ भन्नुभयो,’ मुख्यमन्त्री शाहीले भने,‘हामीले वित्त व्यवस्थापन र कर्मचारी अभावका कुरा राख्यौं।’

‘आजको छलफल अनौपचारिक हो। एजेन्डाहरू तयार गरेर वैशाख १४ गते अन्तर प्रदेश परिषद्को बैठकमा पेस गर्ने गरी टुंगिएको छ,’ मुख्यमन्त्री शाहीले भने।

झन्डै एक महिनाअघि प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग सिहदरबारमा छलफल गरेका थिए ।

 

Facebook Comment

छुटाउनुभयो कि?